बाल्टिमोर सर्बधर्म सभा सम्पन्न

बाल्टिमोर सर्बधर्म सभा सम्पन्न


 

 

धेरै नेपालीहरुको वसोवास रहेको अमेरिकाको बाल्टिमोर शहरमा स्थानीय सरकारले गरेको आव्हानमा दर्जनौ सामुदायिक, धार्मिक, एवम् सॉंस्कृतिक संघसंस्थाहरुले  सर्बधर्म सभा सम्पन्न गराएका छन। हिन्दू परम्परा अनुसारको स्वस्तीवाचन एवम् शंखध्वनीले नेपाली लगायत अमेरिकनहरुलाइ समेत उक्त कार्यक्रमले  मन्त्रमुग्ध बनाएको थियो।

गोल्डस्टार पीता खजीर खानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली एवम् हिन्दू समुदायको प्रतिनिधित्व गर्दै कर्मकाण्ड ज्योतिष पंडित मधुप्रसाद गौलीले हिन्दूधर्मको सारसंक्षेपका साथ अनेकतामा एकताको संदेश दिएका थिए।

बाल्टिमोर काउन्टि मानव सम्बन्ध परिषद, महिला परिषद, अमिगोस अफ बाल्टिमोर काउन्टि, इस्लामिक सोसाइटी अफ बाल्टिमोर, बाल्टिमोर यहूदी समाज, ब्रीज मेरील्ण्ड, र अन्य विविध धर्मसम्प्रदायका गण्यमान्य व्यक्तित्वहरु उपस्थित उक्त एकता महोत्सवना बाल्टिमोर काउन्टिका प्रमुख केविन कामेनेजले जुलाई १२ तारीख़लाई एकता दिवसको रुपमा घोषणा समेत गरेका छन। तिन महिना अगाडि मात्र काउन्टि प्रमुख कामेनेजले आप्रवासीको संरक्षण, विविधता, र समानताको लागी कारर्यकारी आदेश जारी गरेका थिए। ‘अमेरिकालाई विभाजित तुल्याउनखोज्नेलाइ हामी बिरोध गर्छौ।’ कामेनेजले बताएका थिए।

नेपाली समुदायको तर्फबाट युवा नेता ह्यारी भण्डारीले कार्यक्रमको  संयोजन गरेका थिए। उनले यसवाट नेपाली जनसमुदायको पहिचानको लागि एउटा कोसेढुगा वन्न सफल भएको प्रतिक्रिया दिएका छन।

 

 

 

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.