तालिबानद्वारा अफगानिस्तानमा सैनिकमाथी आक्रमण, २६ सैनिकको मृत्यु

तालिबानद्वारा अफगानिस्तानमा सैनिकमाथी आक्रमण, २६ सैनिकको मृत्यु


अफगानिस्तानस्थित कंधार राज्यमा तालिबान अतंकवादिले गरेको आक्रमणमा २६ सैनिकको मृत्यु भएको रक्षामन्त्रालयले बताएको छ। सैनिक अड्डामा गरिको आतंककारी हमलामा १३ जना अन्य सैनिकहरु घाइते भएको अफगानिस्तान रक्षा मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ।

स्थानिय खाकरिज जिल्लामा आतंकवादी र सैनिकबिच भएको दोहोरो भिडन्त घन्टौसम्म चलेको बिज्ञप्तीमा जनाइएको छ। स्थानिय समाचार माध्यमहले बताएअनुसार भिडन्तमा ८० भन्दा बढी आतंककारीको मृत्यु भएको छ। सैनिक अड्डामा तालिवान आतंकबादीहरुले आक्रमण गर्ने समयमा करिव ८२ सैनिक कार्यरत थिए।

राती सरु भएको दोहोरो भिडन्त बिहान सम्म चलेको थियो। अफगानिस्तानको राजधानी कावुलबाट ४ सय ५० किलोमिटर टाढा रहेको उक्त सैनिक टुकुडीमा भएको आक्रमणपछि आतंकवादीहरुले गोला बारुद समेत लुटेर लगेको बताइएको छ।

 

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.