एनआरएनए युगान्डा अध्यक्षमा राजमणि भण्डारी निर्वाचित


गैर आवासीय नेपाली संघ युगान्डा (एनआरएनए युगान्डा) को तेस्रो महाधिवेशनले राजमणि भण्डारीलाई अध्यक्षमा निर्वाचित गरेको छ।

आगामी कार्यकाल सन् २०१७ – २०१९ का लागि अध्यक्षमा भण्डारीको प्यानलै निर्विरोध चयन भएको हो।

एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की, अन्तर्राष्ट्रिय कार्य समितीका सदस्य जीवनाथ पंगेनी, अध्यक्ष रमेश कँडेल लगायतले शुभकामना दिएका थिए।

बन्द सत्रमा संघका कोषाध्यक्ष मंजुल पाठकले आर्थिक प्रतिवेदन र अध्यक्ष रमेश कंडेलले आफ्नो कार्यकालको प्रतिबेदन पेश गरेका थिए।

लगत्तै तीन सदस्यीय निर्वाचन समितिको तर्फ बाट निर्वाचन समितीका  संयोजक  हेम श्रेष्ठबाट बिपक्षी  उम्मेदवार कोहि नहुदा उम्मेदवार सम्पुर्णलाई निर्विरोध चयन भएको घोषणा गरेका थिए।

पूर्वअध्यक्ष कंडेलले  नेपाली संगीतमा नयाँ इतिहास रच्दै अफ्रिकन कलाकार, डाइरेक्टर, सम्पादक प्रयोग गरेको भिडियो प्रमुख अतिथिबाटै विमोचन गरेका थिए। कंडेलले लोक तथा आधुनिक गरि एक दर्जन गीतहरुमा स्वर दिइसकेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.