आमा, मैले घोडाहरु घर फिर्ता पठाएँ

(भारतको कश्मिरमा आठ बर्षिय वालिका आसिफालाई सामुहिक बलात्कार गरी मारिएको सन्दर्भमा लेखिएको कविताको अनुवादित अंश)


आमा

मैले घोडाहरु घर फिर्ता पठाएँ

उनीहरुले घर पुग्ने बाटो आफै पैल्याए होलान

तर म आउन सकिन्

तिमी सोच्दि हौ, मेरा खुट्टा मृगका जस्तै छरिता छन्

तर ति जाम भए

आमा, ति जाम भए

तर मैले घोडाहरु घर फिर्ता पठाएँ

 

आमा, ति राक्षसहरु

जस्का पुच्छर र दारा छैनन्

डरलाग्दा लामा नङग्रा छैनन्

तैपनि मलाई दुख दिए।

नराम्ररी दुख दिए राक्षसहरुले,

आमा

बेसहारा उभिएका थिए

बैजनी रंगका फूलहरु

अनी पहेंला पुतलीहरु

जब मैले घोडाहरु घर फिर्ता पठाँए

 

आमा

बालाई भन्देउ मलाइ थाहा छ,

मलाइ थाहा छ,

मलाइ थाहा छ बाले कोशिस गरे।

बाले मेरो नाम लिएर बोलाएको सुनेकी थिएँ,

तर

म तन्द्रमा थिएँ आमा,

थकित थिएँ

ति राक्षसहरुले,

मलाई नराम्रो पीडा दिए।

 

तिमिलाई अनौठो लाग्ला,

आमा,

अहिले तिम्रो न्यानोपन महशुस गरें

त्यसैले पिडा पट्टकै छैन्।

रगत सुकेको छ

बैजनी रंगको फूल फूलेझै देखिन्छ

र चौरमा मसगै झुलिरहेको छ।

यसले दुखाउदैन आमा।

 

आमा

ति राक्षसहरु अझै त्यही छन्

र थुप्रै कथाहरु पनि।

तिनका कुरा नसुन आमा,

उनिहरु अत्यन्त क्रुर र पिडक छन्

र तिमीले सहनु पर्नेछ।

 

आमा

शायद मैले बिर्सें

त्यहाँ एक मन्दिर छ

जहाँ देवी बस्छिन्।

धन्यवाद उनलाई

मलाई लाग्छ उनैको कृपाले

घोडाहरुले घर फर्कने बाटो आफै पहिल्याए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.