काबुलमा शक्तिशाली आत्मघाती बम विस्फोट

तस्बिर स्रोत : बीबीसी


अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली बम विस्फोट भएको छ। यसमा कम्तिमा पनि २६ जना मारिएका छन् भने १८ जनाभन्दा बढी घाइते भएका छन्।

अन्तर्राष्ट्रिय समाचार अनुसार एकजना आत्मघाती आक्रमणकारीले सयौँ मानिसहरूको भीडमा आएर बम विस्फोट गराइएको हो। नयाँ वर्षको उत्सव मनाउन जम्‍मा भएका मानिसहरूमाथि बम आक्रमण भएको हो।

घटना इस्लामिक स्टेट आबद्ध समूहले गरेको हुन सक्ने अनुमान गरिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.