तलाउमा बस खस्दा भारतकाे कर्नाटकमा आठ जनाको मृत्यु


भारतको दक्षिणी राज्य कर्नाटकमा  बस खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ। पुल तर्दै गर्दा शनिबार तलाउमा बस खसेको र अरु १० जना घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन।

कर्नाटक राज्यको राजधानी बैङलुरुदेखि २५० किलोमिटर टाढा पर्ने हास्सान जिल्लामा दुर्घटना भएको हो। दुर्घटनामा परेको सरकारी बसमा चालक र सहयोगीसहित ५० जना यात्रु रहेका थिए।

तीव्र गतिमा रहेको बसको चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको प्रारम्भिक विवरणबाट देखिएको एक जना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। मृत्यु भएका मध्ये दुई जना महिला रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ।

बैङलुरुबाट धर्मास्तला जादै गर्दा बस दुर्घटना भएको हो। भारतमा चालकको लापर्बाही, खराब अवस्थाको सडक र सवारी साधनका कारण ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेको छ भने बर्षेनी हजारौंको ज्यान जाने गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.