लम्साल र दाहाल टान नेतृत्वको लागि भिड्दै #NepalVotes #NepalElection2017 लम्साल र दाहाल टान नेतृत्वको लागि भिड्दै

लम्साल र दाहाल टान नेतृत्वको लागि भिड्दै


आइतबार हुने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वको निर्वाचनम प्रजातान्त्रिक र स्वतन्त्र गठबन्धन तथा बाम गठबन्धनको समूहले प्रतिश्पर्धा गर्ने भएका छन्। प्रजातान्त्रिक तथा स्वतन्त्र गठबन्धनको समूहको तर्फबाट मकालु एड्भेन्चरका सञ्चालक मोहन लम्साल र बाम गठबन्धनको तर्फबाट नवराज दाहालको नेतृत्वले मनोनयन दर्ता गरेको छ।

लम्साल समूहबाट बरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितिय उपाध्यक्षमा निलहरी बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्र बहादुर कार्की, कोषाध्यक्षमा सुवास केसीले मनोनयन दर्ता गरेका छन्।

त्यस्तै सह–कोषाध्यक्षमा किरण धरेल, कार्यसमिति सदस्यहरुमा शेर बहादुर परियार, तपनराज भण्डारी, लाम्गेल जांग्बु शेर्पा, जंग बहादुर लामा, आङबाबु शेर्पा, रितु ग्यान्दम, सुर्य बहादुर थापा, कुल प्रसाद सुवेदी र सरोज कट्टेलले दर्ता गरेका छन्।

त्यस्तै नवराज दाहाल समूहको बरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुषाल, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, द्वितीय उपाध्यक्षमा ऋषि प्रसाद नेपाल, महासचिवमा आङपेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा लामा रहेका छन् । त्यस्तै, सदस्यहरुमा राजनप्रसाद काप्री, जीवन लामा, रविन्द्र अधिकारी, सुकबहादुर लामा, हर्कबहादुर गुरुङ, बाबुराम गुरुङ, हरिशरण खरेल, गोपाल श्रेष्ठ र रामबहादुर खड्का रहेका छन्।

यस्तै इन्टरनेशनल शेर्पा एड्भान्चरका प्रबन्ध निर्देशक नुरु जाङ्बु शेर्पाले स्वतन्त्र रूपमा टान निर्वाचनका लागि अध्यक्षका उम्मेद्वार दिएका छन्।

२८ वर्षदेखि निरन्तर पर्यटन क्षेत्रमा कृयाशील उनी पर्वतारोहण र पदयात्राका हिमायतीको रुपमा चिनिन्छन् । आरोहीहरुको रुपमा समेत परिचित सोलुखुम्बू निवासी शेर्पाले दुई प्यानलसहित अध्यक्षमा भिडिरहेको अवस्थामा उनी एकल भिड्न लागेका हुन्।

११८६ मतदाता रहेको टानमा आगामी आइतबार ३८ औं महाधिवेशनबाट नयाँ नेतृत्व चुनिनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.