काठमाडौँ–सिन्धुलीगढी साइकल यात्रा हुँदै


समृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसँगको सहकार्यमा आगामी  कात्तिक २३, २४  र २५ गते काठमाडौं–सिन्धुली साइकल यात्रा गर्ने भएको छ। ‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकल यात्रा ऐतिहासिक स्थल सिन्धुलीगढी पुगेर टुंगिने छ ।

सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । हरेक बर्ष कात्तिक २४ गते गोर्खालीले विजय उत्सव मनाउने गरिन्छ ।

सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको दुई सय ५० वर्ष पुगेको अवसरमा काठमाडौँ–सिन्धुली साइकल यात्रा गरिएको हो।

काठमाडौंबाट सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म साइकल यात्रा गर्दै छ। उक्त यात्रामा विश्व साइकलयात्री पुष्कर शाहसहित २५० जना ब्यवसायिक साइकल यात्री सहभागी हुँदैछन्।

‘राइड टु सिन्धुलीगढी’ यात्रा गर्न इच्छुक साइकल यात्रीका लागि आवेदन खुल्ला गरिएको छ । प्रतिव्यक्ति हजार रुपैयाँ तिरेर सहभागी हुन सक्नेछन् । यात्रीका लागि आयोजकले खाने र बस्ने व्यवस्था गरेका छन् । त्यसका साथै टिसर्ट, बीम र फर्कदा सवारी साधनको समेत व्यवस्था समेत आयोजकले गर्नेछन् ।

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.