पाटा ट्राभल मार्ट २०१७ः नेपालको सहभागिता उत्साहजनक


पाटा ट्राभल मार्ट २०१७ सम्पन्न भएको छ। मकाउमा सम्पन्न पाटाको ४० औं मार्ट सम्पन्न भएको छ। नेपालको पनि सहभागिता रहेको उक्त मार्ट सम्पन्न भएको छ।

पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगम संगको सहकार्य तथा समन्वयमा नेपाली पर्यटन ब्यबसायीहरु, विद्यार्थी तथा मिडिया प्रतिनिधि सहित सेप्टेम्बर १३ देखि १५ सम्म मकाउको द भेनिसियन मकाउ रिर्सोट होटेलमा आयोजित पाटा ट्राभल मार्टको ४० र्औ संस्करणमा “नेपाल पेभिलियन” अन्र्तगत सक्रिय तथा प्रभावकारी सहभागिता जनाएको थियो।

मकाउ सरकारको टुरिजम् अफिस द्धारा होस्ट गरीएको पाटा ट्राभल मार्ट २०१७ मा नेपालबाट सोल्टी क्राउन प्लाजा, एस डि यू ट्राभल, साग्रिला होटल एण्ड रिसोर्ट, एक्सप्लोर हिमालया ट्रेकिङ्ग एण्ड एडभेन्चर, एसियन भृकुटी होलिडेज्, लाङटाङ्ग री ट्रेकिङ्ग एण्ड एक्सपिडिसन, के जी एच गु्रप अफ होटल एण्ड रिसोर्ट र समिट होटल गरी ८ वटा निजि क्षेत्रका पर्यटन ब्यवसायीहरुले भाग लिएका थिए।

उक्त मार्टबाट नेपाली पर्यटनकाे राम्राे ब्रान्डिङ भएकाे सहभागीहरुले बताएका छन्। विश्वभरका ट्राभल प्रफेशनलहरुकाे बीचमा नेपालकाे बारेमा छलफल भएकाे र यसले नेपालकाे भिजिबिलिटी बढाएकाे पाटा नेपाल च्याप्टरका अध्यक्षा सुमन पाण्डेले जानकारी दिए।

यस्ता अन्तर्राष्ट्रिय फेयरहरुबाट नेपाली पर्यटनकाे बारेमा रहेका भ्रम चिर्न सहज हुने र नेपाली गन्तव्यकाे प्रबर्द्धनमा सहयाेग पुर्याएकाे नेपाल पर्यटन बाेर्डका  कार्काकारी अधिकृत दिपकराज जाेशीले बताए।

विश्वका ६६ गन्तब्यहरुबाट कुल ११३१ सहभागिहरुले सहभागिता जनाएको उक्त मार्टमा २५२ वटा संस्था÷कम्पनी ताथा ३७ वटा गन्तब्यहरुबाट कुल ४६० विक्रेता र २८१ वटा संस्थाहरु तथा ५१ स्रोत बजारहरुबाट कुल २९३ क्रेताहरु बीच ब्यापार आदानप्रदान तथा गन्तब्य प्रवद्र्धन भेटघाट÷छलफल कार्यक्रम भएको थियो।

मार्टमा पाटाले नेपाल, हङकङ्ग, मकाउ, सिंङ्गापुर, चाईना, ग्वाम तथा क्यानडा गरी करीव १५ वटा मुलुकबाट ३७ जना युवा पर्यटन प्रोफेशनलहरुलाई समेत मकाउ आमन्त्रण गरेको थियो । नेपालबाट पाटा नेपाल स्टुडेन्ट च्याप्टरलाई प्रतिनिधित्व गर्दै गेट कलेजमा अध्यनरत विमोज प्रधान र नाथम कलेजका विनोद खड्काले पाटा तथा मकाउ स्थित ईन्स्ट्च्यिूट फर टुरिजम स्टडिज को प्रायोजनमा सहभागी हुने अवसर पाएका थिए ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.