‘घुमौं लुम्बिनी’ अभियान संचालन हुने


सरकारले चालु आर्थिक वर्षलाई घुमौं लुम्बिनी अभियान संचलन गर्ने भएको छ। पर्यटन क्षेत्रको दीगो विकासका लागि आन्तरिक पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत घुमौं लुुम्बिनी अभियान चलाइने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले जानकारी दिए।

आन्तरिक पर्यटनलाई बलियो बनाउनको लागि धार्मिक पर्यटन प्रवर्द्धन, स्थापित गन्तव्य प्रवर्द्धन र पर्यटन विस्तार र विविधिकरणका विविध कार्यक्रम संचालन गरिने मन्त्री देवले जानकारी दिए।

लुम्बिनी क्षेत्रलाई विश्वभरका बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्र बनाउनको लागि दीर्घकालिन योजनालाई तत्काल गति दिनुका साथै आन्तरिक भ्रमणलाई बलियो बनाउनको लागि लुम्बिनी भ्रमणको लागि सरकारले विशेष प्याकेज ल्याउने बताउको छ।

साठी दिने कार्ययोजना प्रस्तुत गर्दै मन्त्री देवले पशुपति भ्रमण वर्ष पनि यही वर्ष मनाउने र सन् २०२० मा नेपाल भ्रमण वर्षको रुपमा मनाइने कार्ययोजना प्रस्तुत गरेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.