थाई फोटोग्राफरका आँखामा नेपाल

थाई फोटोग्राफरका आँखामा नेपाल

Panoramic view of Everest, Makalu, Kantega, and Cholatse mountain peak, Renjo la pass, Everest region, Nepal, Asia


मे महिनाको #फोटोनेपाल प्रदर्शनीमा ६ थाई फोटोग्राफरहरुले नेपालका विभिन्न स्थानमा खिचेका सुन्दर तस्बिरहरु प्रदर्शनीमा राखिने नेपाल पर्यटन बोर्डले जनाएको छ। प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रवारबाट हुने यो प्रदर्शनी यसपटक वैशाख २२ देखि २७ सम्म नेपाल पर्यटन बोर्डको कोर्टयार्डमा हुनेछ।

फोटो प्रदर्शनीमा वरिष्ठ थाई फोटोग्राफर पुन्नावित सुवात्तानानुनले काठमाडौंका सम्पदाहरु, सगरमाथा क्षेत्र र अन्नपूर्ण क्षेत्रमा खिचेका फोटोहरु राखिएको पर्यटन बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदीले बताए।

उनी नेपालमा तस्बिर खिच्नका लागि नियमित रुपमा आउने गरेका छन् ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दीपकराज जोशीले फोटोनेपाल देश भित्र मात्र सिमित नरहेको बताए। फोटो नेपालले संसारभर रहेका फोटोग्राफरहरुको नेपालमा खिचिएको फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटो मार्फत देशको पर्यटन प्रबद्र्धन गर्ने साझा अभियान रहेको उनको भनाई छ । यस अभियान फेब्रुअरी २०१६मा टोनी हेगेनका फोटो प्रदर्शनी सँगै सुरु भएको हो ।

वैशाख २६ मा फोटोग्राफरसँग अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ । प्रदर्शनी निशुल्क रहेको छ ।

हेर्नुहोस् तस्बिरमा

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.