चन्द्रागिरि छेक्यो हुस्सु र कुहिरोले तर छेकिएनन् पर्यटक


अरु दिनभन्दा शनिबार चन्द्रागिरिमा आन्तरिक पर्यटक भरिभराउ हुने गर्दछन्। त्यहाँ पुग्ने अधिकांश पर्यटकको चाहना काठमाडौं र आसपासका सुन्दर हिमाली दृष्य अवलोकन गर्नु हो। तर विडम्बना शनिबार भने बिहानैदेखि चन्द्रागिरि हुस्सु र कुहिरोले ढाकिएको थियो।

एउटा केबुलकारको डब्बामा चढेकाले अर्को डब्बालाई देख्न समेत मुश्किल पर्दथ्यो। न यहाँबाट हिमालका दृष्यहरु देखिन्थे न त काठमाडौं नै। तै पनि पर्यटक भरिभराउ थिए। आ आफ्नै तालमा कोही सेल्फी लिँदै थिए त कोही घोडामा चढेर घुम्दै थिए।

यस दिन पर्यटन मन्त्री दिनानाथ गिरी नै चन्द्रागिरि पुगेका थिए। चन्द्रागिरिको प्रवद्र्धनका लागि भनेर पुगेका गिरिले संक्षिप्त कुराकानी गर्दै निजी क्षेत्रसित सहकार्य गरी देशका विभिन्न पर्यटकीय स्थलको विकास गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाए।

‘म जति समय सरकारमा रहन्छु सुन्दर रारा, खप्तड जस्ता क्षेत्रको विकासका लागि पनि हरसम्भव प्रयत्न गरिरहन्छु’ उनले भने।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.