आन्तरिक पर्यटकको प्रमुख रोजाई रारामा पुसको दोस्रो सातादेखि हिउँ पर्न सुरू गरेको छ। फागुनको पहिलो सातासम्म रारालाई हिउँले ढाकेको हुन्छ।
आन्तरिक पर्यटकलाई रारामा हिउँ खेल्न तथा रारा घुम्नका भन्दै भिजीट कर्णालीले नयाँ टुर प्याकेज ल्याएको छ।
रारामा हिउँ खेल्नका लागि काठमाडौं, नेपाजगन्ज र सुर्खेतदेखि प्याकेज ल्याएको रारा प्रवेशद्धार तथा रारा राष्ट्रिय निकुन्जमा होटल सञ्चालन गर्दै आएका भिजीट कर्णाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक राजु कार्कीले जानकारी दिए।
काठमाडौंदेखि नेपालगन्ज, सुर्खेतहुँदै रारा भएर पुनः सोही रूट भएर काडमाडौंसम्मका लागि दुई रात तीन दिनको प्याकेज ल्याएको कार्कीले बताए।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/NewFolder%201/Rara%20%282%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/NewFolder%201/Rara%20%283%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/NewFolder%201/Rara%20%286%29.jpg)
काठमाडौंदेखि नेपालगन्जहुँदै रारा भएर पुनः सोही रूट काठमाडौं फर्कन २३ हजार ५ सय रूपैयाको प्याकेज बनाएका छन्।
नेपालगन्जहुँदै रारा भएर पुनः नेपालगन्जसम्मका लागि १६ हजार ५ सय रूपैया र सुर्खेतदेखि राराहुँदै पुन सुर्खेत फर्कनका लागि १६ हजार ५ सय रूपैयाँको प्याकेज छ।
रारा प्रवेशद्धार ताल्चा विमानस्थलदेखि रारा तालको किनार पुग्न ३ घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ। यदि पैदल यात्रा गर्न नसक्ने हो भने घोडाको पनि ब्यवस्था हुन्छ। तर त्यसको लागि छुट्टै खर्च लाग्ने उनले बताए।
‘सडकबाट अहिले रारा आउन गाह्रो हुन्छ, बाटोमा हिउँ पर्यो भने बाटोमै फस्ने सम्भावना अत्यधिक हुन्छ त्यहीँ भएर हामीले यस्तो प्याकेज ल्याएका हौ’, उनले भने।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/NewFolder%201/Rara%20%284%29.jpg)
‘यो प्याकेज अन्तगर्त हामीले हवाईजहाजको दुई तर्फी टिकट, रारामा बास बस्न तथा खाना, राष्टिय निकुन्ज प्रवेश टिकट, गाईड सुविधा र तातो पानीको ब्यवस्थापन पर्छ’, भिजीट कर्णालीका प्रवन्ध निर्देशक राजु कार्कीले भने, ‘हामीले रारा आउने पर्यटकलाई जहाजमा केही समस्या नहोस् भनेर हवाईजहाज कम्पनीसँग सहकार्य गरेर विगत एक दशकदेखि नियमित उडान गरिरहेका छौ।’
कोरोनाका कारण थला परेको पर्यटन क्षेत्र उजागर गर्न तथा कर्णालीको पर्यटन प्रवर्धन गर्न ‘रारामा हिउँ खेल्न जाउँ’ भन्ने उद्धेश्य रहेको कार्कीले बताए।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/NewFolder%201/Rara%20%285%29.jpg)
नेपालको सबैभन्दा ठूलो ताल हो रारा। रारा राष्ट्रिय निकुन्ज भित्र पर्ने यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाईमा रहेको छ। तर हिउँदको समयमा भने विगतमा रारामा खासै चहल पहल हुने गरेको थिएन। तर गएको वर्षदेखि रारामा हिउँदको समयमा पनि आन्तरिक पर्यटक उल्लेखनीय रूपमा जान थालेका छन्।
सम्पर्कः
भिजीट कर्णाली
राजु कार्की–९८४१२९७६४४, ९८०२०९७६९०,
०१४००००४२,०१४००००४०
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/NewFolder%201/Rara%20%281%29.jpg)