आगामी फागुन २७ देखि २९ सम्म हुने 'कर्णाली उत्सव' मा युवा साइकलयात्री तथा टुरिष्ट गाइड रामचन्द्र वस्नेत (भाष्कर) को एकल फोटो प्रदर्शनी हुने भएको छ।
ओझेलमा परेका कर्णालीका पर्यटकीय गन्तव्यलाई साइकलमा यात्रा गर्दै क्यामेरामा कैद गरेका सुन्दर तस्बिरहरू प्रदर्शनीमा राखिने भएका छन्।
उत्सवमा कर्णालीका जीवनशैली, तालहरू (दुधकुण्ड, जगदुल्ला, राक्साल, ठूलो पाल्ता), हिमश्रृङ्खला (काङछेन मेनरी राल्वा, टाङटुङ्गे) गाउँवस्ती, साइकल मार्गलगायत भु-दृश्यका फोटाहरू समावेश हुनेछन्।
साइकलमार्फत कर्णालीमा ओझेल परेका विभिन्न पर्यटकीय गन्तव्यलाई क्यामेरामार्फत नेपाललाई चिनाउ भाष्करले प्रदर्शनी गर्न लागेको बताए।
कर्णालीको दुर्गम जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका-६ निवासी २३ वर्षे भाष्कर साइकल यात्री तथा ट्रेकिङ गाइड हुन्। कोरोना महामारी बिच लकडाउन भरि उनले नुवाकोट-रसुवामा पर्ने फिकुरी ट्रेक, डोल्पालगाएत कर्णालीका अधिकांश ठाउँमा साइकल डौडाएर महिनौं बिताए।
लुकेका र ओझेल परेका हिमाल, पहाड, तराईका विभिन्न भू-भाग तथा पदमार्गमा उनी साइकल चढेरै अवलोकन तथा अध्ययन गर्छन्। उनले साइकल यात्राका क्रममा खिचेका फोटो र भिडियोको माध्यमबाट पर्यटन प्रवर्धन गर्छन्। फोटोग्राफीका शौखिन उनी साइकलकै माध्यमबाट विकट पहाडदेखि सुगमका कुना काप्चा चहार्छन्।
साइकल चढेर खिचिएका फोटोमार्फत उनी नेपालको पर्यटन प्रवर्धनमा निस्वार्थ खटिरहेका छन्।
उनले कर्णाली उत्सवमा सहभागी भएर आफूले खिचेका तस्बिरहरू हेर्न र हौसला दिन उनले आग्रह गरेका छन्।
यसैबिच उनले सहयोग गर्न चाहेमा वा हौसला दिन चाहेमा आफूलाई ९८६८३२००५९ मा सम्पर्क गर्न सक्ने उनले बताए।
कर्णालीको पहिचान गराउनका लागि सुर्खेतमा ‘कुडा कर्णालीका’ नारा सहित यही फागुनको २७ देखि २९ सम्म सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा ‘कर्णाली उत्सव’ आयोजना हुने आयोजक ऋति फाउण्डेसनले जनाएको छ ।
उत्सव अवधिभर कर्णाली प्रदेशको राजनीतिक, आर्थिक, सामाजिक, कला, साहित्य, दर्शन लगायतका विभिन्न विधामा विमर्श र बहस गरिनेछ। त्यसको साथै लेखक, साहित्यकार, बौद्धिक वर्गबीच जमघटसँगै बहस गराउने योजना उत्सव आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष रेशम विष्टले जानकारी गराएका छन्।
साइकल र्याली र देउडा खेलबाट कार्यक्रम उद्घाटन भएसँगै यो प्रदेशमा बसोवास गर्ने भोटे र लामाका हिमाली संस्कृति, खस-आर्य, उपत्यकाका थारु तथा फिरन्ते जीवनशैलीका राउटे समुदायको भाषा, संस्कृति, रहनसहनलगायतका विविध विषयमा विचारविमर्श मन्थन हुनेछ ।
कार्यक्रममा थारू, भोटे, मयुर र हुड्के नाचलगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ।
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%281%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%282%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%283%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%284%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%285%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%286%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%287%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%288%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%289%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%2810%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%2811%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%2812%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%2813%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%2814%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%2815%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%2816%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%2817%29.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Ghumphir/SUDUR/cycle%20Yatra%20%2818%29.jpg)