रसुवा नुवाकोट पर्यटन समाजले ‘बुढानिलकण्ठ-राउचुली–गोसाइँकुण्ड पदमार्ग’को सम्भाव्यता अध्ययन गरेको छ।
लकडाउनको समय सदुपयोग गर्दै समाजले असार १२ देखि १९ गतेसम्म पदमार्गको अध्ययन गरेको हो ।
काठमाडौं, बुढानिलकण्ठबाट सुरू हुने पदमार्ग शिवपुरी, नुवाकोटका आल्छे, मानेभञ्ज्याङ, समुन्द्रटार, भंगेरी, बागमारा, सागरकुण्ड, राउचुली, छ्यार्कुङचुली हुँदै रसुवाको नौकुण्ड, लौरीविना, सरस्वती कुण्ड, भैरवकुण्ड हुँदै गोसाइँकुण्ड पुगेर लौरीविना , सिङगोम्पा, धुन्चेसम्म जोडिन्छ।
काठमाडौंबाट सुरू गरेर पदयात्री नुवाकोट-रसुवाको गाउँबेंसी, डाँडा पखेरा, हिमालको दृश्यमा रमाउँदै हिँडेर एक सातामा काठमाडौं फर्कन सक्छन्।
समाजका अध्यक्ष तथा वरिष्ट व्यवसायी बलराम न्यौपानेका अनुसार पछिल्लो समय नेपालका विभिन्न पदमार्ग मासिँदै र छोटिँदै गरेकोले यो पदमार्ग आन्तरिक र बाह्य पदयात्रीको लागि उपयुक्त हुनेछ।
'पदमार्ग खोजी र प्रवर्द्धनले पर्यटकलाई नयाँ गन्तव्यको स्वाद चखाउन र पर्यटकको बसाइ लम्ब्याउन सकिने छ,' अध्यक्ष न्यौपानेले भने।
'यो पदमार्ग अध्ययन भ्रमणले कोरोना महामारीले थला पारेको पर्यटन क्षेत्रलाई सकारात्मक सन्देश दिएको छ।’
यो प्रचुर सम्भावना बोकेको पर्यटकीय पदमार्ग हो।
अध्ययनमा सहभागी समाजका सचिव तथा युवा पर्यटनकर्मी दिनेश तामाङका अनुसार कोरोना महामारीले पर्यटन क्षेत्र शिथिल पारेको छ, यो अध्ययन भ्रमणले नेपालको पर्यटन क्षेत्र जीवितै रहेको सकारात्मक सन्देश दिने छ।
महामारीबीच पनि उनीजस्ता अध्ययन यात्रामै सहभागी समाजका अन्य सदस्य गगनराज न्यौपाने र ऊर्जा तामाङ जस्ता युवा पर्यटनकर्मीका जोश जाँगर र मनोवल उत्तिकै जीवित छ।
यो अध्ययन भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप नयाँ आशाको किरण थपेको छ।
![](/uploads/shares/2020/sujita/padmarg/gosaigunda (1).jpg)
छिट्टै महामारी अन्त्यसँगै सुनौलो दिन आउनेछ, पर्यटन क्षेत्र सुधारोन्मुख प्रगति हने आशा समेत उनीहरूले राखेका छन्।
यस पदमार्गले आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरूलाई लोभ्याउनेछ।
प्राकृतिक र धार्मिक हिसाबले लोकप्रिय गोसाँइकुण्ड क्षेत्र पर्यटकलाई आकर्षित गर्न सक्छ। प्रकृति, साहसिक र हिमाल प्रेमीहरूलाई आकर्षक गन्तव्य पनि हो।
नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य तथा वरिष्ट पर्यटन व्यवसायी दीपक महतले कोरोना महामारी बिच गरिएको अध्ययन भ्रमण न्यूनतम सामाजिक दूरी राख्दै र आवश्यक कोभिड-१९ को निर्देशिका टोलीले पालना गरेर सम्पन्न गरेकोमा खुसी व्यक्त गरे।
![https://raracms.setopati.com/uploads/shares/2020/sujita/padmarg/gosaigunda (1).jpg](/uploads/shares/2020/sujita/padmarg/gosaigunda (2).jpg)
'हामी स्थानीय सरकार र प्रदेश सरकारसँग आवश्यक मर्मत सम्भार, सांकेतिक चिन्ह र प्रवर्द्धन गर्न सहकार्य गरेर अगाडि बढ्नेछौं,' उनले भने।
त्यसैगरी, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले यो ट्रेकमा पहाडी गाउँ बस्ती, घना, वन जंगल र उजाड पहाड हुँदै प्रकृतिको आनन्द लिन सकिने बताए।
‘प्राकृतिक सौन्दर्य, तामाङ, शेर्पा, क्षेत्री ब्राह्मणको ग्रामीण जीवनशैली र संस्कृति अध्ययन तथा अवलोकन गर्न पाइन्छ’ प्रमुख तामाङले बताए।
भंगेरीका निवासी तामाङ आफैं लामो समय पर्यटन व्यवसायमा आवद्ध थिए।
राउचुली (३,७८५ मिटर) र छ्यार्कुङचुली (४,५८७ मिटर) बाट सेताम्मे हिमालको लर्कन, नुवाकोट र रसुवा जिल्लाका डाँडापाखा, खोला, उपत्यका साथै काठमाडौं उपत्यका समेत देखिन्छ।
मनोरम सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देखिन्छ।
![https://raracms.setopati.com/uploads/shares/2020/sujita/padmarg/gosaigunda (1).jpg](/uploads/shares/2020/sujita/padmarg/gosaigunda (3).jpg)
लाङटाङ राष्ट्रिय निकुञ्जमा १०८ कुण्ड छन्। यात्रामा दर्जनौं तालतलैया भेटिन्छन्।
समाजका सदस्य पर्यटनकर्मी गगनराजले भने, 'यो तालैतालको पदमार्ग हो। एक्लेकुण्ड, छेराकुण्ड, कामिकमिनी कुण्ड , नौकुण्ड, राजारानीकुण्ड, लामोकुण्ड, सरस्वतिकुण्ड, भैरवकुण्ड, गोसाइँकुण्ड जस्ता ताल पदमार्गमै पर्छ। यी तालहरूको सोन्दर्यले सबैलाई मोहनी लगाउँछ।
अध्ययन टोलीका युवा पर्यटनकर्मी ऊर्जा तामाङले भने, ‘हाल होटल तथा लज सुविधा छैन, क्याम्पिङ ट्रेक चलाउन पर्छ। ठाउँ ठाउँमा भेडी गोठ पाइन्छ।' ठाउँ-ठाउँमा पदमार्ग सुधार र सांकेतिक चिन्ह राख्न पर्छ।'
![https://raracms.setopati.com/uploads/shares/2020/sujita/padmarg/gosaigunda (1).jpg](/uploads/shares/2020/sujita/padmarg/gosaigunda (4).jpg)
यात्राको क्रममा अल्छे, मानेभञ्ज्याङ, बागमारा, सागरकुण्ड, राउचुलि, एल्र्केकुण्ड, गोसाइँकुण्ड र धुन्चेमा बास बस्नुपर्छ।
रसुवा नुवाकोट पर्यटन समाजले नेपाल पर्यटन बोर्डको सहयोगमा एक हप्ता लगाएर पदमार्गको सम्भाव्यता अध्ययन गरेको हो।
अध्ययन टोलीमा पर्यटनकर्मीहरू शिव लामिछाने, दिनेश तामाङ,ऊर्जा तामाङ, गगनराज न्यौपाने, सुरेन्द्र राना र अशोक सिलवाल सहभागी थिए ।
![https://raracms.setopati.com/uploads/shares/2020/sujita/padmarg/gosaigunda (1).jpg](/uploads/shares/2020/sujita/padmarg/gosaigunda (5).jpg)
![https://raracms.setopati.com/uploads/shares/2020/sujita/padmarg/gosaigunda (1).jpg](/uploads/shares/2020/sujita/padmarg/gosaigunda (6).jpg)
![https://raracms.setopati.com/uploads/shares/2020/sujita/padmarg/gosaigunda (1).jpg](/uploads/shares/2020/sujita/padmarg/gosaigunda (7).jpg)
![https://raracms.setopati.com/uploads/shares/2020/sujita/padmarg/gosaigunda (1).jpg](/uploads/shares/2020/sujita/padmarg/gosaigunda (8).jpg)
![https://raracms.setopati.com/uploads/shares/2020/sujita/padmarg/gosaigunda (1).jpg](/uploads/shares/2020/sujita/padmarg/gosaigunda (9).jpg)
![https://raracms.setopati.com/uploads/shares/2020/sujita/padmarg/gosaigunda (1).jpg](/uploads/shares/2020/sujita/padmarg/gosaigunda (10).jpg)
![https://raracms.setopati.com/uploads/shares/2020/sujita/padmarg/gosaigunda (1).jpg](/uploads/shares/2020/sujita/padmarg/gosaigunda (11).jpg)
![https://raracms.setopati.com/uploads/shares/2020/sujita/padmarg/gosaigunda (1).jpg](/uploads/shares/2020/sujita/padmarg/gosaigunda (12).jpg)
![https://raracms.setopati.com/uploads/shares/2020/sujita/padmarg/gosaigunda (1).jpg](/uploads/shares/2020/sujita/padmarg/gosaigunda (13).jpg)
![https://raracms.setopati.com/uploads/shares/2020/sujita/padmarg/gosaigunda (1).jpg](/uploads/shares/2020/sujita/padmarg/gosaigunda (14).jpg)