सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्र काँक्रेविहार क्षेत्र अब घोडामा चढेर अवलोकन गर्न पाइने भएको छ। वीरेन्द्रनगर-९ वडा कार्यालयको सहयोगमा काँक्रेविहार क्षेत्रभित्र घोडाहरूमार्फत् यात्रा गर्न पाइने व्यवस्था गरिएको छ।
पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले घोडामा पर्यटक पठाउन सुरू गरिएको वीरेन्द्रनगर-९ का वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिए। सोमबार दुई वटा घोडा चढेर पर्यटक काँक्रेविहार पुगेका थिए।
अध्यक्ष मानन्धरका अनुसार घोडामा पर्यटक ओसार्न ७ सदस्यीय समिति बनाइएको छ।
घोडामा पर्यटक घुमाउन चाहनेले आफ्नो घोडासहित समितिमा आवद्ध हुनुपर्नेछ।
काँक्रेविहार मन्दिर वरिपरिको बाटोमा घोडामा घुमेको तीन सय रुपैयाँ लाग्ने छ। जंगल सफारी गरे पाँच सय रुपैयाँ तिर्नुपर्नेछ।
‘काँक्रेविहारमा घोडामा घुम्न पाइने भएपछि पर्यटन प्रवर्द्धन पनि हुने भयो, कोहीले घोडा किनेर चलाएर व्यवसाय गर्छु भनेपछि रोजगारी हुने भयो,’ वडा अध्यक्ष मानन्धरले भने।
टी