हिमालपारीको सुन्दर र पर्यटकीय जिल्ला मुस्ताङको घरपझोङ गाउपालिका- ५ सम्ले गाउँमा रहेको ढुम्बा ताल पछिल्लो समयमा पर्यटकको आर्कषणको केन्द्रबिन्दु बन्दै गरेको छ। मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने प्राय पर्यटकहरू ढुम्बा ताल अवलोकन गर्न पुग्ने गरेका छन्।
पर्यटकको आकर्षणका कारण मुस्ताङको सदरमुकाम जोमसोमदेखि ५ किलोमिटर पूर्वमा पर्ने ढुम्बा ताल २ वर्षयता चर्चामा आउन थालेको हो। पछिल्लो समयमा केही नेपाली चलचित्रमा समेत ढुम्बा तालको मनोरम दृश्य छायाँकन हुन थालेपछि तालको सुन्दरताको दर्शन गर्नेको घुँइचो लाग्न थालेको छ ।
समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १ सय ५० मिटर र चौडाइ १०० मिटर छ । कालिगण्डकी करिडरअन्तर्गत पूर्वको नीलगिरी र पश्चिमको धौलागिरी हिमाल यस स्थानबाट देखिन्छ ।
जोमसोमदेखि ठिनीको बाटो अथवा जोमसोमदेखि स्याङको बाटो हुँदै ढुम्बाताल पुग्न सकिन्छ।
निलगिरी हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने यो ताल हिजो आज जमेको छ। जमेको तालमा युवाहरू तस्बिर खिचाउन जान थालेका छन्।
हेर्नुहोस् सोम थकालीले खिचेका केही तस्बिरहरू
![](http://setopati.net/wp-content/uploads/2019/02/Dhumba-Tal-2.jpg)
![](http://setopati.net/wp-content/uploads/2019/02/Dhumba-Tal-3.jpg)
![](http://setopati.net/wp-content/uploads/2019/02/Dhumba-Tal-4.jpg)
![](http://setopati.net/wp-content/uploads/2019/02/Dhumba-Tal-5.jpg)
![](http://setopati.net/wp-content/uploads/2019/02/Dhumba-Tal-6.jpg)
![](http://setopati.net/wp-content/uploads/2019/02/Dhumba-Tal-1.jpg)
![](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.0-9/51183146_2127544364005601_3956820535056269312_n.jpg?_nc_cat=110&_nc_ht=scontent.fktm3-1.fna&oh=0eaa7d04fb3a3c2e9aeb6a4bccc58374&oe=5CEC0616)
![](https://www.xyznepal.com/wp-content/uploads/2018/12/Dhumba-Lake-1024x576.jpg)