हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक स्की प्रतयोगिता भएको छ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा आयोजित दोस्रो राष्ट्रिय स्की च्याम्पियनसिप २०१९ को आयोजनासँगै मुस्ताङमा पहिलो पटक प्रतियोगिता आयोजना भएको हो।
गत साताबाट मुस्ताङमा लगातार हिउँ परेकाले स्की खेलाउनलाई सहज भएको नेपाल स्की संघका महासचिव विजय श्रेष्ठले बताए।
नेपाल स्की संघद्धारा आयोजनामा स्नोबोडिङ स्की र अल्पाइन स्की विधामा प्रतिस्पर्धा गर्न १४ जना महिला र १४ जना पुरुष खेलाडी सहभागी भएका प्रतियोगिताका महासचिव श्रेष्ठले जानकारी दिए।
स्की प्रतियोगिताले नेपाललाई विश्वमा चिनाउन सकिने भएकाले यस्ता सहासी खेलहरूले हिमाली क्षेत्रहरुको पर्यटन प्रबद्धनमा मद्धत पुग्ने छ।
अफ सिजनमा खेल प्रर्यटनमार्फत नाफा र हिउँदे खेलमा विकास गराउनुको साथै यस खेलबाट गाउँपालिका, प्रदेश सरकार र केन्द्र सरकारको ध्यान आकर्षण गराउने नेपाल ओलम्पिक संघ तथा नेपाल स्की संघका अध्यक्ष हालका सांसद रहेका माननीय जीवन राम श्रेष्ठले बताए।
नेपालको ईतिहासमा स्की प्रतियोगिता गराएको यो दोस्रो पटक हो।
गत वर्ष रसुवाको लाङटाङमा र यसपाली मुक्तिनाथमा गराईएको हो।
स्वीटजरल्याडको विज्ञ टोलीले गरेको सर्वे रिपोर्ट अनुसार मुस्ताङमा स्की खेलाउन सकिने धेरै आधारहरू छन्।
चाडै यो सर्भे रिर्पोट गण्डकी प्रदेश सरकारलाई बुझाउने सांसद श्रेष्ठले बताए।
स्की हिउँमा खेलिने खेल हो। मुस्ताङमा हुने यस प्रकारको प्रतियोगिताले स्की खेलले मुस्ताङको बेमौसमी व्यपारको घाटा आपूर्ति गरिने र खेल पर्यटनमा सहयोग पुग्ने मुक्तिनाथका पर्यटन व्यवासायी सुरज गुरूङले बताए।
![](https://scontent.fktm7-1.fna.fbcdn.net/v/t1.0-9/51321692_10218872635907055_2540821554741116928_n.jpg?_nc_cat=107&_nc_ht=scontent.fktm7-1.fna&oh=bc28b67489c24568dc045dbd368bee1e&oe=5CF1B8B8)
![](https://scontent.fktm7-1.fna.fbcdn.net/v/t1.0-9/50813493_10218872636427068_5413584213913894912_n.jpg?_nc_cat=108&_nc_ht=scontent.fktm7-1.fna&oh=c664270340c74ddb68375bbc4e359361&oe=5CF90261)
![](https://scontent.fktm7-1.fna.fbcdn.net/v/t1.0-9/51487250_2033455213406546_2222488543085723648_n.jpg?_nc_cat=109&_nc_ht=scontent.fktm7-1.fna&oh=dea9a58953fd7de6a32e9bcc9f4e3cba&oe=5CF6F3FA)
![](https://scontent.fktm7-1.fna.fbcdn.net/v/t1.0-9/51176022_2033455466739854_1153923065210470400_n.jpg?_nc_cat=107&_nc_ht=scontent.fktm7-1.fna&oh=9a89413253c9a522a26bb47dd4b0bacc&oe=5D00A839)