विश्व सम्पदा साइक्लिङ्ग हुँदै


वैशाख ४ गते विश्व सम्पदा साइक्लिङ्ग हुने भएको छ। युनेस्को विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका दरबार क्षेत्रदेखि युनेस्को विश्व सम्पदा स्वयम्भू चैत्यसम्म साइक्लिङ हुन लागेको हो।

विश्व सम्पदा पदमार्गको जनचेतना दिनको लागि हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भू सम्म साइक्लिङ्ग हुने भएको हो।

साथै पदमार्गमा विभिन्न खेलको आयोजना हुन गइरहेको विश्व सम्पदा पदमार्ग परिकल्पनाकार सांसद जीवनराम श्रेष्ठले बताए।

खेलकुद संयोजकका अनुसार साइकल र्‍याली, चेस, कबड्डी, ध्वाइँकासा, स्केटबोर्ड, डब्लु डब्लु वाइ (एकिडो) आदि खेलहरु खेलाइनेछ।

विश्व सम्पदा पदमार्ग उत्सव सप्ताहको उपलक्ष्यमा बैशाख २ गते सरसफाइ भएको थियो। बैशाख ३ गते लक्ष्मी साइकल सेन्टरको सहयोगमा साइकल र्‍याली हुने त्यस्तै ५ गते फोटो वाक, ६ गते हुलाक टिकट प्रदर्शनी, ७ गते आर्ट वर्कशप र ८ गते हेरिटेज वाक साथै मुख्य कार्यक्रम हुन गइरहेको छ।

८ गतेको हेरितेज वाकको उद्घाटन हनुमानढोकामा सँस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्री रविन्द्र अधिकारीले गरे र स्वयम्भूमा हुने मुल कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.