यी हुन् कर्णालीमा पर्यटन विकासका लागि चाल्नुपर्ने कदमहरु


कर्णालीको आभूषणको रूपमा रहेका से—फोक्सुन्डो, राराताल र नेपाली भाषा तथा सभ्यताको उद्गम स्थल जुम्लाको सिंजा उपत्यका र कालिकोटको रास्कोट, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पाताल छहरा आदि नेपालको प्राकृतिक सम्पदाका एउटा परिचय हुनसक्छन भने हुम्ला विश्व तीर्थ यात्री र मानसरोवरका लागि गतिलो प्रवेशद्वार बन्न सक्छ ।

त्यसैगरी डोल्पामा अवस्थित नेपालको सर्वाधिक उचाईमा रहेको मानव वस्ती भोट र मुगुको मुगु भोट पनि पर्यटकीय दृष्टिकोणले उत्तिकै सम्भावना बोकेका रमणीय स्थानका साथै अध्ययन गर्न चाहनेका लागि पनि एक उत्कृष्ट गन्तब्य हुन् । साँच्चिकै सरकारले कर्णाली पर्यटन विकासका लागि छुट्टै सरकारी स्तरिय कर्णाली पर्यटन बिकास समिति संयन्त्रको मात्र विकास गर्ने हो र त्यो निकायले तन मनका साथ काम गर्ने र योजना बनाउने हो भने हुम्लाको लिमी र मुगुको करानक्षेत्र अर्को मनाङ, मुस्ताङ र नगरकोट बन्नसक्छन् ।

कर्णालीको पर्यटकीय सम्भावनालाई केलाउने हो भने तत्कालका लागि पद यात्रा र साहसिक पर्यटन नै पर्यटनको बढी आकर्षण देखिन्छ । कर्णाली नदिको पश्चिमी किनाराबाट सुरु भएको पदयात्रा पर्यटकको इच्छा अनुसार जहाँ पनि जानसक्छ । नदीको किनारै किनार उत्तरी क्षेत्र हुम्ला, मुगु र पूर्व डोल्पा जिल्लाका साथै सुर्खेत लगायत बिभिन्न भू–भागको यात्रा गर्न सकिन्छ । विभित्र भागसम्म पैदल यात्रा गर्न सकिने अवस्था छ जहाँ पर्यटकीयस्थलका अतिरिक्त विविध संस्कृतिको अवलोकन गर्न सकिन्छ ।

 

  • कर्णालीका मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्ने प्रयासहरूमा स्थानीय निकायहरू र स्थानीय पर्यटन उपभोक्ता समूहहरूलाई क्रियाशील र सहभागी बनाउन आवश्यक देखिन्छ । सरकारका तर्फबाट कर्णालीमा १ घर १ कोसेली भन्ने नाराका साथ ग्रामीण क्षेत्रमा रहेका सिप क्षमताको प्रवद्धन गर्न जरुरी देखिन्छ ।

 

  • कणालीका पाँचवटै जिल्लामा प्राकृतिक, साँस्कृतिक सम्पदा तथा पर्यटकीय क्षेत्रको विस्तृत अध्ययन गरी तिनको संरक्षण तथा संवद्र्धनका अतिरिक्त प्रचार प्रसारको जरुरी देखिन्छ ।

 

  • जुम्ला विमानस्थलमा संचार तथा उयन सहायक उपकरण जडान, एयरफिल्ड लाईटिङ्ग उपकरण जडान गरी रात्री उडान सेवा सचालनका लागि उपर्युक्त बनाइनु आवश्यक छ भने मुगु जिल्ला र डोल्पामा बैकल्पिक एयरपोर्ट बनाइनु पर्छ । साथै कर्णालीमा नेपालगंञ्ज, सुर्खेतबाट मात्र हवाई उडान संचालन हुदै आएकोमा काठमाडौ र पोखराबाट अतिरिक्त उडान भर्न जरुरी देखिन्छ ।

 

  • पहिलो चरणमा कर्णालीका पर्यटन बजारका सम्भाव्य मुलुकहरू भारत र चीनलाई केन्द्रित गर्नुका साथै अन्य क्षेत्रीय मलुकहरू जापान, सिङ्गापुर, मलेसिया, थाइल्यान्ड, बङ्गलादेश आदिमा पर्यटन प्रवद्र्धनसम्बन्धी कर्णालीका गतिविधिको प्रचारप्रसार गर्नु आवश्यक देखिन्छ । त्यसपछि विश्वका अन्य मुलुकसँग पनि यो क्रमलाई जोड्नुपर्ने देखिन्छ ।

 

  • कर्णालीमा पर्यटन केन्द्रहरू निर्धारण गरी एकीकृत कार्यक्रमहरू गर्न कर्णाली पर्यटन विकास प्राधिकरण नेपाल सरकारका तर्फबाट तुरुन्त गठन हुनु आवश्यक पर्दछ ।

 

  • यस समिति स्थापना मुलतः दुई उद्देश्य परिपुर्तिका लागि हुनु पर्छः (क) पवित्र तपोभूमि हिमालयको काखमा अवस्थित प्रकृतिको वरदानले विभूषित अति पूण्य भूमि कर्णाली आमाको सौन्दर्य र सुवास राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा फैलाउनु र (ख) समितिबाट प्राप्त हुने आयस्रोतबाट अभाव र पीडामा पिल्सी रहेका मूलतः कर्णालीका ग्रामीण जनताको जीवनस्तर उठाई गरिबी निवारणमा केही योगदान पु¥याउनु । यसरी एउटा बहुउद्देश्यीय दीर्धकालिन सोच र योजना लिएर यसको यसको स्थापना हुनु जरुरी छ । नेपालको अर्थतन्त्रमा पर्यटन उद्योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले मौजुदा कर्णालीको सम्पदा–सौन्दर्य, कला र संस्कृतिको सकेसम्म बढी समन्वयात्मक प्रस्तुति सहित पर्यटकहरुलाई गुणात्मक सेवा एवं सुविधा उपलव्ध गराउदै कर्णाली बसाई लम्ब्याउन ती विकट गाउँ तर्फ सम्म आकर्षण गराउनु यसको उद्देश्य हुनु पर्दछ ।

 

  • कर्णालीका पर्यटकीय तथा साँस्कृतिक सम्पदाबारे प्रचार गर्न अन्तर्राष्ट्रियस्तरका बैठक, आप्रवासिहरुका सम्मेलन कर्णालीमा नै गरिनुका साथै पर्यटन उद्योगको विविधिकरणका लागि स्थानीय स्तरमा चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरी ‘कर्णाली भ्रमण वर्ष २०१२’ को आयोजन हुनु पर्दछ । यही अवसर पारेर सरकारका तर्फबाट कर्णालीमा १ घर १ कोसेली भन्ने नाराका साथ ग्रामीण क्षेत्रमा रहेका सिप क्षमताको प्रवद्धन गर्न जरुरी देखिन्छ ।

 

  • जुम्लाको सिंजा, डोल्पाको साल्दाङ्ग र मुगुको करान भोट जस्ता ठाउँमा रहेको महत्वपूर्ण पुरातात्विक सम्पदा र सँस्कृतिकोे संरक्षण तथा त्यस क्षेत्रमा न्यूनतम् पूर्वाधारको विकास गरेर ती ठाउँहरुलाई खुल्ला संग्रालयको रुपमा सरकारले घोषण गरी टिकट काउन्टरको व्यवस्था । जसको प्रवद्धनल र प्रचार प्रसारले पर्यटकहरुका लागि यी क्षेत्र आकर्षणको केन्द्रविन्दूमा रहन सक्छन् ।

 

  • पर्यटकीय आर्कषणका स्थलहरुमा बढि भन्दा बढि पर्यटक भित्रयाउन यस भू–भागमा न्यूनतम आवस्यक पूर्बाधार हुनु अत्यन्त जरुरी हुन्छ । यस सन्दर्भमा पर्यटन विकासको निमित्त आवश्यक पूर्वाधारको कसले व्यवस्था गर्ने भत्रे सवाल प्रमुख छ । त्यसका लागि नेपाल सरकारले कर्णालीको पर्यटन विकासको क्षेत्रमा लगानी गर्ने व्यक्ति वा कम्पनीलाई १० देखि १५ वर्ष सम्म कर पूर्णरुपमा छुट वा लगानी कत्र्तालाई निव्याजी आर्थिक अनुदान दिएर लगानीकर्तालाई आकर्षण गर्न सकिन्छ भने अर्कोतिर सरकारले आफ्नो संयन्त्र तारा गाउँ विकास समिति मार्फत पनि अति सम्भाव्य कर्णालीको कुनैपनि क्षेत्रमा राम्रा खालका होटल तथा लजको स्थापना गर्न सक्छ ।

 

  • नेपाल सरकार र कर्णालीका जनप्रतिनिधिहरूले सम्बन्धित निकायलाई संयुक्त रूपमा आवश्यक पूर्वाधारको विकासका लागि घच्घच्याउन सक्छन् भने कणालीवासीले आफ्नो वरिपरिको वनजङ्गल, धार्मिक तथा साँस्कृतिक महत्वका स्थान, पुरातन वास्तुकला, मौलिक संस्कृति आदिको संरक्षण गरेर आफ्नो क्षेत्रको विकासका लागि सहयोग गर्न सक्छन् ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.