१८ हजार ४ सय किमि मोटरसाइकलमा पार गर्दै नेपाल घुम्न आइपुगे नेदरल्याण्डका एक दम्पत्ति


१८ हजार चार सय किलोमिटमर मोटर साइकलमा यात्रा गर्दै शनिबार नेदरल्याण्डबाट एक दम्पत्ति नेपाल भ्रमणमा आएका छन्।

६० वर्ष पार गरेका जोन बाम्बाट र विलेमिन पोर्टकम नाम गरेका यी दम्पत्तिले चार महिना लगाएर नेपाल आइपुगेका हुन्।

सम्भवतः विश्वकै सबैभन्दा लामो मोटरसाइकल यात्रा गर्दै २३ सेप्टेम्बर २०१७ बाट यात्रा गरेका उनीहरू १८ सातापछि काठमाडौं आइपुगेका हुन्। जर्मनीबाट अस्ट्रिया, स्लोभेनिया, क्रोएशिया, मोन्टेनेग्रो, सर्विया, बुल्गेरिया, टर्की, जर्जिया, आर्मेनिया, ईरान, पाकिस्तान, भारतहुँदै उनीहरू नेपाल आइपुगेका हुन्।

उनीहरूलाई काडमाडौंमा रोयल इनफिल्ड हव भक्तपुरको क्लबका सदस्यले दक्षिणकाली पुगेर स्वागत गरेको थिए।

यसअघि सन् २०१५ मा पनि नेपाल आएका यी दम्पत्तिले काठमाडौंबाट मोटरसाइकल भाडामा लिएर मुक्तिनाथको दर्शन गरि फर्किएका थिए।

यस पटक पनि उनीहरू साथीसँग काठमाडौंबाटै नेपालका बिभिन्न पर्यटकीय स्थानको भ्रमणमा निस्कनेछन्। दुई जना बाइकमा आए पनि बाँकी साथीहरू प्लेनबाट आउने भएकाले उनीहरू आएपछि सबै जना घुम्न निस्कने उनीहरूले बताए।

दुई महिना नेपाल बस्ने योजनामा आएका यी दम्पत्ति अनाथ बालबालिको शिक्षा र लत्ता कपडामा सहयोग गर्ने बचन दिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.