म्याग्दी महोत्सवको आकर्षक घोडाबाट लभ्लीहिल


आगामी पुस २८ देखि हुने बेनी महोत्सवमा घोडचढी सेवासमेत सञ्चालन हुने भएको छ।

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघ ७ गतेसम्म आयोजना हुने छैठौं म्याग्दी महोत्सवमा आउने पाहुनाहरुलाई आकर्षणका लागि घोडचढी सुविधाको व्यवस्था मिलाएको संघका द्वितिय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए।

बेनीदेखि लभहिलसम्म पुग्न घोडचढी सेवा लिए वापत ५ सय रूपैयाँ शुल्क लिइने व्यवस्था मिलाएको शाक्यले बताए। घोडचढीका लागि चार वटा घोडाको व्यवस्था गरिएको उनले बताए।

बेनी बजारको दृष्य अवलोकनका लागि प्रसिद्ध रहेको लभ्लिहिलको पर्यटन प्रर्वद्धनका लागि उकालोमा घोडचढी सेवा सञ्चालन गर्न लागिएको शाक्यले बताए।

महोत्सवमा पुरूष र महिला भलिबल, बास्केटबल, लोकदोहोरी प्रतियोगिता, तथा नृत्य प्रस्तुती मुख्य आकर्षणको रुपमा रहने उनले जानकारी दिए। महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको महोत्सवमा रहने १८० मध्ये १५० ब्यवसायीक स्टल बुक भइसेकको समेत उनले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.