स्काइ डाइभरहरू सम्मानित


नेपालका लागि मोरक्को अधिराज्यको वाणिज्य दूतावासले विश्व किर्तिमानधारी स्काइडाइभर तथा स्काई डाइभिङ्ग प्रशिक्षक अनस बक्कालीलाई सम्मान गरेको छ ।

बक्काली अन्तर्राष्ट्रियरुपमा परिचित तथा पेशेवर स्काईडाइभर हुन्, जसले हालसम्म अन्तर्राष्ट्रिय स्काइ डाइभिङ्ग क्षेत्रमा ७ हजार बढी स्काइडाइभिङ्ग सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

बक्कालीले गत नोभेम्बर ०३ र ०४ तारीख गरी दुई पटक सगरमाथाको २३,००० फिटको उचाईबाट स्काइडाइभ गरेका छन् ।

सोही अवसरमा बक्कालीसहित उनका टिमका अन्य स्काइडाइभरहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानीत हुनेहरूमा विश्वका विभिन्न राष्ट्रहरूबाट प्रतिनिधित्व गर्ने १३ जना स्काइडाइभरहरू (जो एभरेष्ट स्काइडाइभिङ्गका सिलसिलामा नेपाल आएका छन्) पनि संलग्न छन् ।
सम्मानीत हुनेहरूमा संयुक्त राज्य अमेरिका, न्यूजिल्याण्ड, फ्रान्स, स्कटल्याण्ड, संयुक्त अधिराज्य बेलायत र साउदी अरेवियनका विश्व किर्तिमानधारी स्काइडाइभरहरू गरी १३ जना सम्म्मिलित थिए ।

सुनीता शाही, टम नूनन्, विण्डी स्मिथ, ओमार अल्हेगेलान, पाउल हेनरी डि बेरी, डा. रियान ज्याक्सन, टेड अट्किन्स, ग्रेग राउ, टोस म्याक्सवेल,माथ्यू योन्ट, विवेक पाण्डे र नविन गुरुङ्ग सम्मानति भएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.