सरकारमा रहिरहने वा राजीनामा दिने विषयमा निर्णय गर्न शनिबार माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बस्दै छ । मन्त्रीसहितका नेताहरूको सुझाबपछि अध्यक्ष प्रचण्डले पार्टीको धारणा सार्वजनिक गर्नेछन् ।
माओवादी मन्त्रीहरूले नैतिक प्रश्न उठ्ने देखिएमा शनिबार वा आइतबार बिहानसम्म राजीनामा दिने मनस्थिति बनाएका छन् ।अाजकाे नयाँ पत्रिकामा खबर छापिएकाे छ ।
माओवादीले सरकारमा भए वा नभए पनि निर्वाचन सार्न नमिल्ने पहिलो सर्त बनाएको छ । निर्वाचन सार्दा वाम गठबन्धनमा समस्या आउनुका साथै संवैधानिक संकट आउन सक्ने भएकाले सरकार माओवादीको कम प्राथमिकतामा परेको छ ।