महालेखाको ताकेतापछि बिमा संस्थान तात्यो

महालेखाको ताकेतापछि बिमा संस्थान तात्यो


महालेखा परीक्षकको कार्यालयले ताकेता गरेपछि राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीले धमाधम वित्तीय विवरण बुझाउन थालेका छन् । कार्यलयले भदौ अन्तिमसम्ममा हालसम्मको वित्तीय विवरण नबुझाए कारवाही गरिने बताएपछि संस्थान र कम्पनीले वित्तीय विवरणको लेखापरीक्षण गर्ने कार्यलाई तीब्र पारेका हुन् ।आजको कारोबारमा खबर छापिएको छ ।

महालेखा परीक्षकको कार्यलयका अनुसार भदौ अन्तिमसम्ममा संस्थानले आव २०६६/६७ देखि २०६८/६९ सम्मको वित्तीय विवरण प्रमाणित गरिसकेको छ । तर, प्रारम्भिक प्रतिवेदनको जवाफ भने आउन बाँकी रहेको बताइएको छ । त्यस्तै, त्यसपछिका आवदेखि आव २०७१/७२ सम्मको लेखापरीक्षण गर्न लेखापरिक्षक नियुक्ति भैसकेको समेत बताइएको छ । आव २०७२/७३ को वित्तीय विवरण तयारीको क्रममा रहेको कार्यलयले बताएको छ ।
त्यस्तै, राष्ट्रिय बिमा कम्पनीले भने आव २०६६/६७ देखि ३०६८/६९ सम्मको प्रारम्भिक प्रतिवेदनको जवाफ दिन बाँकी रहेको र आव २०६९/७० पछिको लेखापरीक्षण गर्न लेखापरीक्षक नियूक्ति भई यथाशीघ्र लेखापरीक्षण सक्ने कार्ययोजना तयार गरेको बताएको छ ।
कार्यलयको निर्देशनपछि संस्थान तथा कम्पनीले तीव्र गतिमा लेखापरीक्षण गर्ने कार्य अगाडि बढाएको कार्यलयका नायव महालेखा परिक्षक रामुप्रसाद डोटेलले बताए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.