एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको शैक्षिक योग्यताका बारेमा प्रश्न गरियो। देउवाले जंगिएर त्यसको जवाफ दिए। यो सन्दर्भ त्यतीबेला सामाजिक सञ्जालमा भाइरल बन्यो। जसले नेताको पढाइलाई बहसमा ल्याइदियो। नेता तथा मन्त्रीहरूको शैक्षिक योग्यता आम चासोको विषय हो। डिग्री गरेका युवा देशमा रोजगारी नपाएर खाडी जानुपरेको बेला नपढेका नेताले देश चलाउँदा देश पछि परेको टिप्पणीहरूसमेत हुने गरेको छ। त्यहीमाथि अहिले इतिहासमै सबैभन्दा ठूलो मन्त्रीमण्डल गठन भएको छ। यही सन्दर्भमा आजको गज्जब साप्ताहिकमा दीपेन्द्र सापकोटाले अहिलेका मन्त्रिहरुको शिक्षा खोतलेका छन्।
- भूमीसुधार तथा व्यवस्था मन्त्री गोपाल दहित- पिएचडि, व्यवस्थापनमा स्नातकोत्तर
- प्रधानमन्त्री शेरबहादुर देउवा- राजनीति शास्त्रमा एमए, कानुनमा स्नातक
- सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेत- राजनीतिशास्त्र र समाजशास्त्रमा एमए
- वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा- राजनीतिशास्त्र र अंग्रेजीमा एमए, कानुनमा स्नातक