चक्रपथ बाहिर पुग्दैन मेलम्ची


झन्डै दुई दशकदेखि राजधानी उपत्यकाका बासिन्दाले देखेको मेलम्चीको पानी खाने सपना पहिलो चरणमा चक्रपथभित्रका छानिएका ठाउँमा मात्रै पूरा हुनेछ। अझ मेलम्चीको पाइप गाड्न सडक खनेर हैरान भएका कपन क्षेत्रका बासिन्दाको हकमा त यो झनै टाढा छ। यो खबर खिलक बुढाथोकीले आजको नागरिकमा लेखेका छन्।

तर, पानी आउने समय अझै टुंगो लागिसकेको छैन । पाइन बिछ्याउँदा भएको धुलोधुँवाको सास्ती, भत्केको सडक र अस्तव्यस्तताबाट मुक्ति पाउने समय अझै आइसकेको छैन । दसैंमा ल्याउने भनिएको पानी पछिल्लो समयमा २०७४ भित्र ल्याउने बताइएको छ ।

तर, मेलम्चीको पानी आउँदा पानीको समस्या हट्यो भनेर राजधानीवासी रमाइहाल्नुपर्ने अवस्था छैन । आयोजनाले चक्रपथभित्रका केही क्षेत्रबाहेक पानी वितरण सञ्जालको लागि पाइप बिछ्याउन नसकेपछि सबै ठाउँमा पानी पुर्‍याउन समस्या देखिएको हो।

मेलम्चीको पानी काठमाडौं भित्र ल्याउन जिम्मा पाएको केयुकेएलका अनुसार चक्रपथभित्र कालिमाटी, महाराजगन्ज, सामाखुसी, स्वयम्भु र चक्रपथ सुकेधाराबाहिरका सुकेधारा, कपन, जोरपाटी, तीनचुली, बौद्ध आरूबारी, गोपिकृष्णनगरलगायतका क्षेत्रमा वितरण सञ्जालको पाइप बिच्छ्याइएको छैन।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.