वायुयान खोज तथा उद्धारका लागि विदेशीहरू सिधै नेपाल आएर सघाउन पाउने भएका छन् । सरकारले पहिलोपटक‘वायुयान खोज तथा उद्धार नियमावली २०७४’ स्विकृत गरेसँगै उद्धारमा विदेशीले सिधै सघाउन पाउने व्यवस्था कार्यान्वयनमा आउने भएको हो ।आजको कारोबारमा खबर छापिएको छ।
नेपालमा यस्तो नियमावली नहुँदा ठूला दुर्घटनामा विदेशीको सहयोग लिन कुनै पनि कानुनी तथा संगठनात्मक व्यवस्था थिएन । ‘वायुयान हराएमा अथवा दुर्घटना भएमा अब विदेशबाट खोज तथा उद्धारका लागि तुरुन्तै विज्ञ जनशक्ति ल्याउन सकिनेछ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव हरिबहादुर खड्काले भने । नेपालजस्तो मुलुकमा हालसम्म पनि उद्धार तथा खोजका लागि कुनै पनि संगठनात्मक व्यवस्था समेत गरिएको थियो ।
अव भने वायुयान हराउँदा खोजको लागि संगठनात्मक व्यवस्थाको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा समन्यत्मक समिति समेत खडा हुृने छ । नियमावली परित भएसंगै सरकारले अव खोज तथा उद्धार केन्द्रसमेत निर्माण गर्ने भएको छ । केन्द्रले वायुयान हराएको अवस्थामा समन्वय गरी विदेशी उद्धार टोलीलाई नेपाल ल्याउने व्यवस्था गर्नेछन् ।