उत्तरी छिमेकी देश चीनको स्वशासित क्षेत्र ताक्लाकोटमा नेपाली ‘फुरु’को व्यापार बढ्दै गएको छ । हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पागरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा फुरु तिब्बतमा उडन कपका नामले चिनिन्छ ।
नेपालका विभिन्न जंगलमा पाइने यो काठबाट आफै भाँडा निर्माण गर्नु हुम्ला र बझाङका तामाङ जातीको पुख्र्याैली पेशा पनि हो । तिब्बतीहरूको जन्म, मृत्यु, विवाहदेखि विभिन्न शुभ कार्यमा शोख र शानको प्रतीकका रूपमा लिइने फुरुको व्यापार गर्न हुम्ला र बझाङका २० भन्दा बढी व्यापारीहरूले ताक्लाकोटमा पसल नै खोलेका छन् ।अाजकाे काराेबारमा खबर छापिएकाे छ।
चीनको ताक्लाकोट बजारमा नेपालीले वर्षौंदेखि हस्तकलाका सामान फुरु नेपाली गलैंचा, जडिबुटी लगायतका सामानसमेत सो क्षेत्रमा बिक्री गर्ने र चिनियाँ बजारबाट दैनिक उपभोग्यका सामान चामल, मैदा र तयारी कपडा नेपालमा ल्याउने गर्दै आएका छन् । हस्तकलाका सामानमा त्यहाँकोे स्थानीय सरकारले भन्सार तिर्नुनपर्ने व्यवस्था गरेको छ ।
परम्परागत रूपमा नै फुरु वनाउने काममा यहा“का मानिसहरू संलग्न भए पनि पहिला त्यति सजिलै बिक्री हुदैनथ्यो । चीनको ताक्लाकोट बजारमा नेपाली हस्तकलाका सामानमा त्यहाँकोे स्थानीय सरकारले भन्सार तिर्नुनपर्ने प्रावधान बनाएसँगै फुरुको कारोबार निकै चम्किएको छ ।