प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको पाँचदिने राजकीय भ्रमणमा बिहीबार नेपाल–भारत संयुक्त वक्तव्य जारी भयो । बिहीबार दुई देशका प्रधानमन्त्रीबीच भएको ‘वान टु वान’ वार्तापछि जारी ४६ बुँदे संयुक्त वक्तव्यमा नेपाल भारतबीचको द्विपक्षीय सम्बन्ध, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय साझेदारीका विषय उल्लेख छ ।
संयुक्त वक्तव्यको अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा उपक्षेत्रीय मञ्चहरूमा एकसाथ काम गर्ने उल्लेख छ । तर अध्यक्ष राष्ट्रका हैसियतमा नेपालले यसपटकको भ्रमणमा सार्कको अन्योल भविष्यबारे भने कुनै अडान र प्रस्ताव राख्न सकेन ।अाजकाे राजधानीमा खबर छापिएकाे छ।
संयुक्त वक्तव्यमा बिम्स्टेकको अध्यक्ष राष्ट्रको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवाले गत वर्ष भारतको गोवामा भएको बिम्स्टेक राष्ट्रका नेताको रिट्रिट बैठक तथा ब्रिक्स बिम्स्टेक आउटरिच समिटको आयोजना गरेको भन्दै भारतीय प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेको उल्लेख छ । संयुक्त वक्तव्यको बुँदा ३९ मा दुवै प्रधानमन्त्रीले बिम्स्टेक र सार्क जस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संगठनमा साझेदारीको फाइदाबारे चर्चा गरेको उल्लेख छ । तरे सार्कलाई गति दिने विषयमा भने वक्तव्यले समेट्न सकेन ।
बिम्स्टेकको चर्चा भइरहँदा नेपाल नै अध्यक्ष भएको सार्कको विषयमा कुरा नहुनु दुर्भाग्य हो । वक्तव्यमा सार्क भनेर एउटा शब्द मात्र उल्लेख छ । तर यसको साझेदारीको विषयमा भने चर्चा छैन । नेपाल अध्यक्ष राष्ट्रको हैसियतले सार्कलाई गति दिन असफल जस्तै भएको छ ।