हैदराबाद हाउसको कन्फरेन्स रुममा पत्रकार सम्मेलनमा बोलिरहेका वेला देउवाको घाँटी बसेको थियो। पत्रकार सम्मेलनको सामुन्ने देउवा दायाँतिर र मोदी बायाँतिर उभिएका थिए। मोदीपछि बोलेका देउवालाई खोकी लाग्न थालेपछि सुष्मा उठिन्। उनी मोदी र देउवा उभिएको स्थानतिर गइन्। दुवैजना रहेको बीचमा पानी र गिलास थियो। स्वराजले गिलास उठाइन्, मोदीले पानी राखे। बोलिरहेका देउवालाई ‘ए पानी लिजिए’ भन्दै दिइन्।
पानी पिएपछि देउवाको गिलास पनि स्वराजले लिन खोजिन्, तर बीचमै दूतावासका कर्मचारी सिर्जना अधिकारीले समाइन्। स्वराज आफ्नो सिटमा फर्किइन्।