स्कुलको अन्तिम कक्षा पढेर उनी कोठा फर्किदै थिईन्। पानी परिरहेको थियो। सधैं ओहोरदोहोर गर्ने बाटो टोलभरिको ढलले हिँड्न सक्ने थिएन।
पानीले भिजेकी महेन्द्र बौद्ध माविकी ९ कक्षाकी छात्रा सुजाता गोले अर्को बाटो हुँदै बौद्ध गुम्बाको गेटमा निस्केर नयाँबस्तीस्थित कोठामा जाने सुरमा थिईन्।
आजको कान्तिपुरमा मकर श्रेष्ठ अगाडि लेख्छन्- उनी सँगै कक्षाका साथीहरु पनि थिए। अघि बढ्दै गर्दा उनले एक जना मानिस ह्विचेयरमा ढलको पानीमा डुबेको देखिन्।
उनी हातमा बोकेको पुस्तक साथीलाई दिएर हतारिएर ती अपांगता भएका मानिसको उद्धार गर्न अघि बढिन्। ढलको पानी छिचोल्न वैकल्पिक बाटो खोज्दै अघि बढेकी उनी जुत्तासमेत नखोली जमेको पानीमा छिरिन्। उनी पुग्नुभन्दा अघिनै भलको पानीमा अड्किएका ती मानिउस उनको ह्विलचेयरलाई चारै तिरबाट हेरिरहेका थिए। तर, कोही ढलको पानीमा छिरेका थिएनन्। गोलेले हेरेर बस्न सकिनन्। उनी ढलमा जुत्ता र पाइन्ट भिजाएर पानीमा फसेका ती मानिसलाई तान्न अघि सरिन्।
हाँले मलाई नतान, मैले तिमीलाई आउ भनेको होइन भन्नुभयो। तर, मैले ताने। म चाहिने कुरामा जिद्धि छु। यस्तो पानी परिरहेको छ। तपाईलाई मैले किन तान्ने भनेर सम्झाएँ।
उहाँ पानीमा फसेको देखेपछि लुगा, जुत्ता पानीले भिज्छ भन्ने लागेन। घरमा एक्स्ट्रा पनि जुत्ता थिएन। घरमा सुकाए। लुगा पनि भिजेको थियो। अर्को लुगा लगाएर भोलीपल्ट विद्यालय आए। जुन काम निरन्तरता दिन्छु पुरा गरेरै छाड्छु। आफू मरेर भएपनि अरुलाई बचाउन चाहन्छु। ढलको पानीले जुत्ता र लुगा भिज्यो। धोएर सफा गर्न सकिन्छ। जो हवीलचियरमा ढलको पानीमा फसेको थियो। बगाउन पनि सक्थ्यो होला। मेरो लुगा फोहोर हुँदैमा मेरो जिन्दगी बर्बाद त हुदैन नि। तर, त्यो मान्छेको एक छिनको कारणले जिन्दगी बर्बाद हुनसक्छ। त्यसैले मैले सहयोग गरेको हु। मैले यो कुरा कोठामा भनिन्।
अरुको सेवा गर्दा आफू मर्न परेपनि परोस जस्तो लाग्छ। ‘गड’ ले हामीलाई हेल्प गर्नुहुन्छ। विद्यालयमा पढ्दैमा विद्यार्थी भइदैन। विद्यार्थी भन्ने वित्तिकै विद्यालयमा आयो। पढ्यो, हल्ला गर्यो। जाँचमा राम्रो नम्बर ल्याउदैमा विद्यार्थी बनिदैन। विद्यालयबाट दिएको ज्ञान हासिल गरेर चारित्रिक रुपमा विकास गर्नुपर्छ अनिमात्र देशभक्त बन्न सकिन्छ। असल छोराछोरी र आमाबुबा, प्रेमी–प्रेमिका बन्न सकिन्छ। हामी आजको विद्यार्थी र भोलीको कर्णधार हो। हामीले यस्तो सोच्नु पर्छ की यो देशलाई कसरी उच्च स्थानमा राख्ने ? ज्ञान लिदैमा ठूलो मान्छे हुँदैन। फललाई एक ठाउमा थुपारेर राख्यो भने कुन बेला कुहिन्छ थाहा हुदैन। बाड्यो भने बिउ उमार्न सकिन्छ। त्यसैले ज्ञान मनमा गुम्साएर राख्यो भने कुन बेला नास हुन्छ थाहा हुदैन। बाहिर रुपमा देखाउनु पर्छ। विद्यालयमा सिकेको ज्ञान बाहिर प्रयोग पनि गर्नुपर्छ। लागू गर्नु पर्छ। मैले गाउमा देखेको छु शिक्षकले कक्षामा चुरोट खानु हुदैन भनेर सिकाउछन्। तर, बाहिर गएपछि आफै खान्छन्। शिक्षक सही बाटो हिड्नु पर्छ। यदि शिक्षक नै सही बाटो हिड्दैन भने विद्यार्थी सही हुन सक्दैन। सबैको सोच एउटै नहुन सक्छ। एउटै बेडमा सुतेमा मान्छेको सपना त फरक हुन्छ। एउटै कक्षामा विद्यार्थी सबै सफल हुन्छ भन्ने हुदैन। तर, शिक्षक सही हुनुपर्छ।