महानगरले बढायो सवारीसाधनमा कर


काठमाडौं महानगरपालिकाको महानगर परिषदले कर बढाएको छ भने केही करमा सहुलियत दिएको छ।

आर्थिक विधेयक २०७४ पारित गर्दै सवारी साधनमा दोब्बर कर वृद्धि गरेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

इन्जिनबाट चल्ने दुई पांग्रे मोटरसाइकल, स्कुटर, वा यस्तै सवारी साधनको कर बढाएर बार्षिक ४ सय रुपैयाँ पुर्‍याएको छ। यसअघि दुई सय रुपैयाँ थियो ।

कार, जिप, भ्यान वा यस्तै चार पांग्रे सवारी साधनको वार्षिक एक हजार रुपैयाँ पुर्‍याएको छ। गत वर्ष भाडाका सवारीलाई ५०० र प्राइभेटलाई ३ सय रूपैयाँ थियो। ट्याम्पु, ट्याक्टर र यस्तै खालका सवारी साधनको पनि एक हजार पुर्‍याएको छ। गत आर्थिक वर्ष ट्याम्पूको ३ सय, ट्याक्टरको २ सय ५० रुपैयाँ थियो।

मिनी बस, मिनी ट्रक वा यस्तै चारपाङ्ग्रे सवारीको २ हजार रूपैयाँ पुर्‍याएको छ। गत आर्थिक वर्ष ८०० रूपैयाँ थियो। ठूला बस, ट्रक चार पाङ्ग्रे सवारीको ३ हजार रूपैयाँ पुर्‍याएको छ। गत आर्थिक वर्षमा यस्ता सवारीको २ हजार रूपैयाँ थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.