पेट्रोलियम पदार्थको मूूल्य भारतबाट बढेर आए पनि नेपालमा बढेन


भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले भने बिक्री मूल्य यथावत् राखेको छ। यो खबर हामीले आजको कारोबारबाट लिएका हौ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले  जुलाई १६ मा पठाएको नयाँ मूल्यूचीमा डिजेल र पेट्रोलको मूल्य बढेर आए पनि निगमले स्थानीय बजारमा मूल्य यथावत राखेको हो।

निगमका प्रवक्ता सीताराम पोखरेलले निगम नाफामै रहेकाले स्थानीय बजारमा मूल्य वृद्धि नगरिएको बताए।

आइओसीले पठाएको नयाँ मूल्यमा पेट्रोल १ रूपैया ३९ पैसा र डिजेल ८० पैसा बढेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.