२० वर्ष नपुग्दै बन्ध्याकरण


साँफेबगर–७ अछामकी थिउरी लुहारको उमेर भर्खर १९ वर्ष पुग्यो। ‘टिन’ समूहकी उनका दुई सन्तान छन्। २० वर्ष नपुग्दै दुई छोराकी आमा बनेकी उनलाई अब थप सन्तानको रहर छैन। त्यसैले उनले एक महिनाअघि नेपालगन्ज पुगेर स्थायी बन्ध्याकरण (परिवार नियोजन) गराइन्। यो खबर ध्रुव बीसीले आजको राजधानी दैनिकमा लेखेका छन्।

उमेर नपुग्दै सन्तानको रहर पूरा भएका उनी मात्र एक्ली होइनन्। ढकारी गाउँपालिका–१ की भावना जैसीले पनि २२ वर्षको उमेरमै बन्ध्याकरण गराइन्। स्कुल पढ्दा पढ्दै भागेर विवाह गरेकी उनको १६ वर्षको उमेरमै गर्भ रह्यो। अहिले उनका दुई छोरा छन्। ढकारीकै २३ वर्षीया निर्मला जैसी पनि उनीसँगै बन्ध्याकरण गराउन अस्पताल आएकी थिइन्। ७ कक्षामा पढ्दापढ्दै कलिलो उमेरमै उनको विवाह भएको थियो। ‘घरकाले सानैमा विवाह गरिदिए,’ जैसीले भनिन्, ‘विवाह गरेको अर्को वर्ष छोरा जन्मियो, सन्तानको रहर पूरा भएपछि अब नजन्माउने सोचले बन्ध्याकरण गरेकी हुँ।’

जिल्लामा गत साउनयता उनीहरूकै उमेर समूहका अन्य २१ महिलाले मिनिल्याप (महिला स्थायी बन्ध्याकरण) गराएको जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यांकमा उल्लेख छ। ११ महिनाको अवधिमा अस्पताल पुगेर परिवार नियोजन गराउनेको संख्या जम्मा २ सय ३३ छ।तराईका जिल्लामा दिनको १ सय ९७ रुपैयाँ रासनबापत पाउँछन्। अन्य जिल्लामा भने ठाउँअनुसार फरकफरक रकम पाउँछन्।

म्यादी प्रहरीले पनि सोही सुविधा पाएका छन्। निर्वाचनमा खटिने भएकाले दुई जोर लत्ताकपडाको पैसा खाजा खर्चसहितको सुविधासहित करिब ५८ हजार पुगेको थियो। सरकारले भर्ना भएका म्यादी प्रहरीको सेवासुविधा अनुसार ५५ दिनको तलबबापत ५१ हजार रुपैयाँ थप पोसाक भत्ताको रूपमा ७ हजार १ सय रुपैयाँ तोकेको थियो।

मतदान र मतगणनामा लागेको सात दिनबराबर उनीहरूलाई थप विशेष भत्ता उपलब्ध गराइएको थियो। एक सातामा उनीहरूले प्रतिदिन २ सय ५० रुपैयाँका दरले १७ सय ५० र निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँका दरले खाजा खर्च पनि पाए।

त्यस्तै सरकारले उनीहरूलाई विशेष बिमाको पनि व्यवस्था गरेको थियो। स्थानीय तह निर्वाचनको सुरक्षामा खटिएका बेला म्यादी प्रहरी दुर्घटनामा परेमा २ लाख क्षतिपूर्ति र १ लाख ५० हजारसम्म स्वास्थ्य बिमा गरिएको थियो।

नेपाल प्रहरीले १० चैत २०७३ मा सूचना प्रकाशित गरी म्यादी प्रहरीमा आवेदन मागेको थियो। नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि प्रदेश–१ मा १२ हजार ५ सय ५१ जना मागेकोमा ३७ हजार ६ सय ५६ जनाले आवेदन दिएका थिए। प्रदेश–२ मा १६ हजार ९ सय नौ जना माग गरेकोमा ३५ हजार ७१ जना, प्रदेश–३ मा १२ हजार ८ सय दुई जना माग गरेकामा २४ हजार १ सय दुई जनाले आवेदन दिएका थिए।

प्रदेश–४ मा ६ हजार ६ सय ५७ जना माग गरेकोमा १२ हजार आठजना, प्रदेश–५ मा १४ हजार १ सय ५१ जना माग गरेकोमा ३५ हजार ७ सय २८ जनाको आवदेन परेको थियो। त्यसैगरी प्रदेश–६ मा ५ हजार १८ जना माग गरेकामा १५ हजार १ सय १८ जना र प्रदेश–७ मा १९ हजार २ सय ५८ जनाले आवेदन दिएका थिए। तर प्रहरीले ७५ हजार मात्रै भर्ना गरेको थियो। प्रदेश–२ मा भर्ना भएका म्यादीलाई पहाड र तराईका जिल्लामा खटाएर निर्वाचन सम्पन्न गरेको थियो।

१ सय ५९ महिला र ७४ पुरुषमध्ये कम उमेरमै बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला बढी छन्। स्थायी बन्ध्याकरणकै लागि जिल्ला अस्पतालले यो वर्ष दुई ठूला शिविर आयोजना गरेको थियो। गत फागुन र वैशाखमा आयोजित सो शिविरमा ३० प्रतिशत बढी २५ वर्षमुनिका महिला सेवाग्राही सहभागी थिए। सानैमा विवाह गर्ने चलनले छिट्टै बच्चा जन्मिने भएकाले किशोरावस्थामै बन्ध्याकरण गर्नेहरू बढेको जिल्ला अस्पतालका परिवार नियोजन सुपरभाइजर भवानसिंह कुँवरले बताए। ‘लगभग ७५ प्रतिशत ३५ वर्ष आसपासका छन्,’ उनी भन्छन्, ‘स्थायी बन्ध्याकरण गर्नेमा ४० वर्ष उमेर कटेकाहरूको संख्या न्यून छ।’

अत्यधिक कार्यबोझ, गरिबी र अशिक्षाका कारण अहिले पनि सानैमा विवाह गर्नेको संख्या धेरै छ। आर्थिक अवस्था कमजोर भएका कारण विवाह गरेलगत्तै पुरुषहरू कमाइका लागि भारत जाने गरेका छन्।

यहाँ घरको सबै जिम्मेवारी महिलाको काँधमा हुन्छ। उनीहरू के सुत्केरी, के गर्भवती, के बिरामी सबै अवस्थामा काममै जोतिइरहेका हुन्छन्। अछाम जिल्लाका अधिकांश समुदायका पुरुषहरू वर्षमा एक पटक मात्र घरमा भेटिन्छन्। परिवार नियोजनका अस्थायी साधनबारे पर्याप्त जानकारी नहुँदा दलित, गरिब र दुर्गमका महिलाहरू अहिले पनि अनिच्छित गर्भधारणले थप पीडामा छन्।

 

केहीले जथाभावी औषधि सेवन र जडीबुटी प्रयोग गरेर असुरक्षित गर्भपतन गराउँदै आएको महिला अधिकारकर्मी पशुपति कुँवरले बताइन्। उमेर नपुग्दै विवाह गर्ने र सन्तान नजन्माउने चलनका कारण सबैभन्दा बढी महिला समस्यामा छन्। पछिल्लो तथ्यांक अनुसार जिल्ला अस्पताल अछाममा तीन महिनाको अवधिमा २० वर्षमुनिका १९ जना किशोरी सुत्केरी भएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.