तीन बालबालिकाको सामुहिक हत्या रहस्यमै

तीन बालबालिकाको सामुहिक हत्या रहस्यमै


अरूण गाउँपालिका १ प्याउली मरेङडाँडा ३ का बालबालिकाको एकै ठाउँ भएको हत्या अझै रहस्यमै छ ।

करिब दुई सातासम्म पनि घट्नाको भित्रि पाटो पहिल्याउन र दोषी पहिचान गर्न नसकिएपछि स्थानीय जनजीवन भयभीत बन्दै गएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

असार १० गते साँझ अचानक हराएका अरुण ३ का १६ बर्षीय रञ्जीव सापकोटा, १४ बर्षीया सुष्मा फुयाल असार १२ गते बिहान साढे ७ बजे स्थानीय तोरन काकीको माछापोखरी डुवेको अवस्थामा मृत फेला परेका थिए ।

सुष्मा र प्रदिप दिदी भाई हुन् । रञ्जीव उनीहरुको घरबाट डेढ मिटरजति दुरुमा पर्छ । पुर्वाञ्चल क्षेत्रीय प्रहरीको सक्रियतामा अनुसन्धान जारी रहे पनि निचोडमा पुग्न नसकिएको प्रहरीले जनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.