सरकारी ढुकुटीबाट कार्यकर्तालाई करोडौ

सरकारी ढुकुटीबाट कार्यकर्तालाई करोडौ




सरकारले राज्यको ढुकुटीबाट  राजनीतिक दलका नेता तथा कार्यकर्तालाई वितरण गर्न वर्षेनि करोडौं रूपैयाँ निकासा गर्दै आएको छ। मन्त्रिपरिषद बैठकले पछिल्लो चार वर्षमा सरकार र प्रतिपक्षमा रहेका दल सम्बद्ध कार्यकर्ताका लागि करिब ४५ करोड रूपैयाँ निकासा गरेको हो। यो खबर  मातृका दाहालले आजको कारोबारमा लेखेका छन्।

नागरिक राहत/क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि २०६६ अनुसार विपन्न तथा विशिष्ट व्यक्तिलाई मात्र मेडिकल रिपोर्टका आधारमा सरकारले राहत तथा उपचार खर्च उपलब्ध गराउनसक्ने व्यवस्था छ। तर, त्यसविपरित २०७०/०७१ देखि आव २०७३/०७४ चैत सम्ममा दलका कार्यकर्ताका लागि आधा अर्बको हाराहारी रकम बाँडिएको गृहमन्त्रालयको अभिलेखमा  उल्लेख छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.