डीआइजी चन्द जिम्मेवारी विहीन, सिलवाल सिआइबी प्रमुखकै जिम्मेवारीमा

डीआइजी चन्द जिम्मेवारी विहीन, सिलवाल सिआइबी प्रमुखकै जिम्मेवारीमा


सरकारले प्रहरी महानिरीक्षक (आइजीपी)मा प्रकाश अर्याल नियुक्त गरेपछि डीआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका छन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। सर्वोच्च अदालतले चन्दलाई आइजीपी नियुक्त गर्ने सरकारको फैसला उल्टाएपछि उनी फेरि नियुक्त हुने सम्भावना समाप्त भएको थियो ।

फागुन १ गते सरकारले आइजीपी नियुक्त गर्नुअघि चन्द अपराध अनुसन्धान विभागअन्तर्गत लागू औषध नियन्त्रण ब्यूरो (एनसीबी) को प्रमुख थिए । आइजी नियुक्त भएलगत्तै उनले एनसीबीको जिम्मेवारी हस्तान्तरण गरी प्रहरी प्रधान कार्यालयमा हाजिर गर्न थालेका थिए ।

सरकारको निर्णयमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि पनि उनले हेडक्वाटरमै हाजिर गरिरहेका थिए ।

आइजीपी नियुक्त गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश जारी भएपछि चन्दसहित नवराज सिलवालको मात्र सरुवा भएन । अन्य डीआइजीलाई विभिन्न विभागमा निमित्तको जिम्मेवारी दिइएको छ ।

सिलवालले भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मै प्रमुख भएर काम गरिरहेका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.