सरकारमा किन गएन फोरम

फाइल फोटो


 एमाले नेतृत्वको सरकारमा सहभागी हुने अन्तिम कसरतमा रहेको संघीय समाजवादी फोरम नेपाल शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा सामेल हुन सकेन । पार्टीभित्र मन्त्री बन्ने नेताहरूको नाममा सहमति जुट्न नसक्दा फोरम एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा शुक्रबार सहभागी हुन नसकेको हो । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

स्रोतका अनुसार पार्टीबाट सरकारमा पठाउन लागिएका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाममा पार्टीका अधिकांश नेताले चर्को विमति जनाएपछि अलमलमा परेका अध्यक्ष उपेन्द्र यादवले शुक्रबारसरकारमा जाने पार्टी नेताका नाम सिफारिस गर्न सकेनन् । सरकारमा पार्टीको नेतृत्व अध्यक्ष यादवले गर्नुपर्नेमा भने नेताहरू सहमत छन् । फोरमका नेताहरूले भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग संविधान संशोधनमा लिखित सहमति नभएकाले पार्टी सरकारमा नगएको दाबी गरेका छन् ।

पार्टी अध्यक्ष यादवले धुलिखेलमा पार्टीका सांसदलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमा सरितागिरीबाहेक पार्टीका सबै सांसद छन् । संसद् बैठकमा सहभागी हुन शुक्रबार दिउँसोकाठमाडौं आएका फोरमका सबै सांसद शुक्रबार साँझ पुनः धुलिखेल फर्केका छन् । सहअध्यक्ष श्रेष्ठ भने व्यवहारिक कारण देखाएर शुक्रबार धुलिखेल गएनन् । शुक्रबार बिहानसम्म फोरमबाट आफ्नो र श्रेष्ठको नाम पठाउने तयारी गरेका यादवले श्रेष्ठको नाममा पार्टीभित्र एकमत हुन नसक्दा नाम सिफारिस गर्न हच्किएका हुन् ।

 मन्त्रालय बाँडफाँटमा पनि प्रधानमन्त्री र यादवबीच सहमति जुट्न सकेन । यादवले भौतिक पूर्वाधार,शिक्षा र स्वास्थ्य मन्त्रालय मागेका छन् । तर, प्रधानमन्त्रीले फोरमलाई सहरी विकास र सिँचाइ मन्त्रालय दिन चाहेका छन् । फोरमका महासचिव रामसहाय यादवले प्रधानमन्त्री र आफ्नो पार्टीबीच शुक्रबार  संविधान संशोधनमा लिखित सहमति नभएकालेसरकारमा नगएको बताए ।उनले भने, ‘हामीले सुरूदेखि नै संविधान संशोधन गर्नेप्रतिबद्धतामा लिखित सहमति गरेरमात्रै सरकारमा जाने भन्दै आएका छौं । शुक्रबार लिखित सहमति हुन नसकेकाले सरकारमा गएनौं ।’ कोको सरकारमा जाने भन्नेबारेपार्टीभित्र छलफल नभएको उनले बताए । स्रोतका अनुसार, श्रेष्ठलाई मन्त्री बनाउने अध्यक्ष यादवको प्रस्तावप्रतिफोरमका अधिकांश नेताले विरोध जनाएका छन् । फोरमका सांसद प्रदीप यादवले भने,  ‘फोरमलाई मधेसबाट मात्र भोट आएको छ ।

पहाड र काठमाडौंबाट आएको कुल भोट जोड्दा पनि नगण्य हुन्छ । त्यसैले मत प्राप्त भएका क्षेत्रलाई आधार मानेर सरकारमा प्रतिनिधित्व गराउनुपर्छ ।’उनले प्रत्यक्ष चुनाव जितेकालाई सरकारमा प्राथमकिता दिनुपर्ने अडान राखेका छन् । फोरममा सरकारमा जाने आकांक्षी धेरै छन् । रेणु यादव, इस्तियाक राई, विमल श्रीवास्तव, प्रदीप यादवलगायत  मन्त्रीका आकांक्षी छन् ।
फोरम शुक्रबार सामेल नभए पनि सरकारमा जाने उसकोबाटो बन्द भएको छैन ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.