'संघिय समाजवादी फोरम नेपाल र राषट्रिय जनता पार्टी (राजपा) नेपालको सहयात्रा टुट्ने भएको छ। संघिय समाजवादी फोरम सरकारमा जाने र राजपा प्रतिपक्षमा बसने भएपछि सहयात्रा टुट्न थालेको हो', नागरिक दैनिकले आफ्नो समाचारमा लेखेको हो।
फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा जानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक पटक वार्ता भइसकेको छ। पछिल्लो चरणमा भएका वार्ताले फोरम सरकारमा सामेल हुने पक्कापक्कीजस्तै भएको छ।