हिमाली क्षेत्रमा हिमपातको सम्भावना, पर्वतारोहीलाई सतर्क रहन अपिल

हिमाली क्षेत्रमा हिमपातको सम्भावना, पर्वतारोहीलाई सतर्क रहन अपिल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पुनहिलबाट देखिएको धौलागिरि हिमालको मनोरम दृश्य । तस्बिरः कमल खत्री/रासस


मौसम पूर्वानुमान महाशाखाले दक्षिणपूर्वी अरब सागरमा देखा परेको शक्तिशाली चक्रवातका कारण नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहीलाई सतर्क रहन अपिल गरेको छ ।  यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

महाशाखाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्वतारोहीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका मौसमविद मीनकुमार अर्यालले दक्षिणपूर्वी अरब सागरमा देखा परेको चक्रवातको प्रभावस्वरुप नेपालको हिमाली क्षेत्रमा हिमपात हुन सक्ने बताए । ‘यसको प्रभाव विशेषगरी पश्चिम र मध्य हिमाली क्षेत्रमा पर्ने सम्भावना छ,’ उनले भने ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.