रसियामा जारी २१औं संस्करणको विश्वकप फुटबल आजबाट सकिँदैछ। दुई युरोपेली राष्ट्र फ्रान्स र क्रोएसियाले २१ औं संस्करणको फाइनलमा भिड्दै छन्।
मस्कोस्थित लुजिनिकी रंगशालामा आज राति पौने ९ बजे हुने खेलमा दुवै टोलीको लक्ष्य च्याम्पियन बन्नु रहनेछ। च्याम्पियन बन्ने टोलीले चार वर्षको लागि विश्व विजेताको हैसियत राख्नेछ। यो विश्वकपको तेस्रो र चौथो हुने राष्ट्र भने तय भईसकेको छ।
रुस विश्वकपको फाइनल हुन अब केही घण्टा मात्र बाँकी छ। यसैबीच विश्वकप ट्रफीलाई विशेष सुरक्षा व्यवस्था गरी मैदान पुर्याइएको छ।
इटाली मिलानको नजिकैको सानो सहर पाडेर्नो डुग्नानोमा बनेको यसपालिको विश्वकप ट्रफी आज कसले उचाल्ने हो त्यो अबको केही बेरमा थाहा हुन्छ।
विश्वकपको अहिलेको ट्रफीको डिजाइन सन् १९७०मा तयार पारिएको हो। अन्तर्राष्ट्रिय प्रतिष्पर्धाबाट कलाकार सिल्भियो गाजानिगाले बनाएको डिजाइन छानिएको थियो।
विश्वकपको अहिलेको ट्रफीको लम्बाई ३८ सेन्टिमिटर छ भने यसमा ६ किलोभन्दा बढी सुन हुन्छ।
ट्रफी विश्व फुटबल महासंघ (फिफा) को सम्पत्ति हो। हरेक विश्वकप विजेतालाई केही समयका राख्न ट्रफी दिइन्छ। त्यो केही समयपछि फिफालाई फर्काउनुपर्छ। राख्नलाई भने विजेतालाई ट्रफीको कपी बनाइएर दिइन्छ।
हेर्नुहोस् यसरी पुर्याइयो विश्वकप ट्रफी मैदानमा