रसियामा जारी विश्वकपमा तेश्रो स्थानका लागि बेल्जियम र इङ्ल्याण्डबीच भएको खेलमा बेल्जियम २ गोलले विजयी भएको छ।
हारसँगै इङ्ल्याण्डले भने चौथो स्थानमा चित्त बुझाएको छ। आजको खेलमा बेल्जियमले खेलको चौथो मिनेटमा गोल गर्दै अग्रता लिएको थियो।
बेल्जियमका लागि सो गोल थोमस मुलरले गरेका थिए।

विश्वकपमा बेल्जियमको यो आजसम्मको उत्कृष्ट प्रदर्शन हो। यसअघि सन् १९८६ मा बेल्जियम पहिलो पटक सेमिफाइनलमा पुगेको थियो।
गोल गर्दे खेलमा फ्रकिने प्रयास गरेपनि आजको खेलमा इङ्ल्याण्ड सफल भएन। उसले खेलको दोश्रो हाफमा दोश्रो गोल खायो। खेलको ८२ औं मिनेटमा हजार्डलले गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए।

यसबीच खेलमा फर्किनर प्रयास गरे पनि इङल्याण्डले कुनै गोल गर्न सकेन। उसले गोल गर्ने केहि राम्रा अवसरहरू पाएको थियो। तेश्रो भएको बेल्जियमलाई आज नै काँस्य पदक प्रदान गरिएको छ।


