रसियामा जारी इङ्ल्याण्ड र क्रिएशियावीच अहिले भइरहेको सेमिफाइनलमा इङ्ल्याण्डले क्रोएशियाविरूद्ध अग्रता लिएको छ।
ङ्ग्ल्याण्डले खेलको पाँचौं मिनेटमा नै अग्रता लिन सफल भएको हो।
उसका लागि ट्रिपियरले गोल गरेका हुन्। डिवक्सबाहिर फल भएपछि क्रोएशियाविरूद्ध इङ्ग्ल्याण्डले फ्रिकिक पाएको थियो। सोही फ्रिकिकलाई ट्रिपियरले गोलमा परिणत गरेका हुन्।
उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो। आजको खेलको विजेताले विश्वकप उपाधिका लागि फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ।
