क्वाटरफाइनल प्रवेशका लागि रसियामा अहिले भिडिरहेका इङ्ल्याण्ड र कोलम्बियाबीचको खेलमा इङ्लिस टोलीले पेनाल्टी मार्फत अग्रता लिएको छ।
इङ्ल्याण्डका लागि सो गोल ह्यारी केनले गरेका हुन्। यो गोलसँगै जारी विश्वकपमा उनको व्यक्तिगत गोलसंख्या ६ पुगेको छ।
केनलाई कोल्म्बियाका ह्यानचेजले डि-वक्समा फल गरेपछि रेफ्रीले इङ्ल्याण्डलाई पेनाल्टी दिएका थिए।
इङ्ल्याण्ड र कोलम्बियाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा टुबै टोलीले गोलका लागि एकअर्काको पोस्टमा आक्रमण गरेपनि गोल गर्नसकेका थिएनन्।
यी दुबै टोलीको खेल नतिजाले क्वाटरफाइनलमा भिड्ने आठ टोलीको दुङ्गो लाग्नेछ। ब्राजिल, फ्रान्स, उरूग्वे, स्वीडेन, बेल्जियम,रसिया तथा क्रोएशिया भने यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन्।
आजको खेलको विजेताले सेमिफाइनल प्रवेशका लागि जुलाई ७ मा स्वीडेनसँग खेल्नेछ।