एक पछि अर्को पूर्वविजेता पराजित हुनेक्रममा सोमबार राति सन् २०१० को विश्व विजेता स्पेन आयोजक रसियासँग पराजित भएको छ।
अधिकांश समय बल नियन्त्रणमा लिए पनि स्पेन टाइब्रेकरमा आयोजक रूससँग ४-३ गोल अन्तरले पराजित हुँदै रसिया विश्वकपबाट घर फर्किएको छ।
टाइब्रेकरमा स्पेनका आन्द्रेस इनियस्टा, जेर्रार्ड पिके, सर्जियो रामोसले गोल गरेका थिए। कोके र आसपासले प्रहार घरेलु टोलीका गोल किपर इगोर अकिनफिभले उत्कृष्ट बचाउ गरेपछि स्पेन अन्तिम १६ बाटै घर फर्किएको हो।
रूसका लागि फेदोर स्मोलोभ, सर्गी इग्नासेभिच, गोलोभिन, चेरिसेभले गोल गरे।
रुसका गोलरक्षक इगोर अकिनफिभले खेलभर शानदार प्रदर्शन गरे।
निर्धारित तथा अतिरिक्त समयमा स्पेनका २६ प्रहारमध्ये १० वटा आक्रमण बचाउँदै टोलीको संकट टारेका अकिफिभले टाइब्रेकरमा दुई वटा आक्रमणलाई विफल बनाए।
बलिया टोलीहरु जर्मनी, अर्जेन्टिना, पोर्चुगलपछि स्पेन पनि बाहिरिएको हो।
यसअघि निर्धारित तथा अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिईएको थियो।
यसअघि निर्धारित ९० मिनेटमा दुवैतर्फबाट १/१ गोल भएपछि ३० मिनेट थपिएको थियो। आत्माघाति गोलमा पछि परेको रूसले पेनाल्टीमार्फत बराबरी गोल फर्काएको थियो।
आर्टिम ज्युवाले ४२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै स्पेनको अग्रता तोडेका हुन् ।
त्यसअघि सर्गी इग्नासेभिचले १२ औं मिनेटमा बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो।
हेर्नुहोस् तथ्याङ्कमा पूर्व विजेतामाथि घरेलु टोलीको बहादुरी





