रसियामा जारी प्रिक्वाटरफाइनलमा रसिया विजयी भएको छ। निर्धारित ९० मिनेटको खेल १-१ गोलको बरबरीमा टुङ्गिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरमा पुगेको खेलमा रसियाले स्पेनलाई ४-३ ले पराजित गरेको हो।

टाइब्रेकरमा कोकेले मिस गरेको पेनाल्टी आयोजक राष्ट्र क्वाटरफाइनलमा पुग्ने आधार बन्यो। कोकेको पेनाल्टीलाई रसियाका गोलरक्षक एकिनफेभले असफल बनाइदिएका थिए।

टाइब्रेकरमा स्पेनका इनेष्टा गोल, पिकं र रामोसको पेनाल्टी मिस भएन भने रसियाका समलोभ, सर्गी, समलोभ, चेरिसेभ चारै जनाले आआफ्नो पेनाल्टीलाई जाली चुमाएका थिए।

आज भएको खेलमा स्पेनले १२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो। रसियाका सर्गी इग्नासेभिचले १२ औं मिनेटमा स्पेनले गरेको फ्रिकिकबाट आएको बललाई बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो।
रसियाले अब क्वाटरफाइनलमा आज नै हुने डेनमार्क तथा क्रोएशियाबीचको खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ।

आत्मघाती गोलबाट पछि परेको रसियाले पहिलो हाफमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै स्पेनसँग बराबरी गर्यो। रसियाका लागि सो गोल ४१ औं मिनेटमा डिजुबाले गरेका थिए।
रसियाले प्रहार गरेको कर्नर बललाई स्पेनका जेरार्ड पिकले ह्यान्ड गरेपछि रसियाले पेनाल्टी पाएको थियो।


