अर्जेन्टिनालाई हराउन महत्वपूर्ण भूमिका खेलेका फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेले ब्राजिलियन लिजेण्ड पेलेसँगको रेकर्ड बराबरी गरेका छन् ।
विश्वकपको नकआउट चरणमा दुई गोल गर्ने युवा खेलाडीको रूपमा एम्बाप्पेले पेलेसँगको रेकर्ड बराबरी गरेका हुन्।
१८ वर्षको उमेरमा पेलेले सन् १९५८ को विश्वकपमा ब्राजिलका लागि ६ गोल गरेका थिए। सोही रेकर्डलाई बराबरी गर्ने क्रममा फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेले रसिया विश्वकपमा शनिबार राति नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनाविरूद्ध २ गोल गरेका छन् ।
१९ बर्षिया एम्बाप्पेले खेलको ६४ औं र ६८ औ मिनेटमा गरी चार मिनेटको अन्तिरमा दुई गोल गर्दै फ्रान्सलाई जिताएका थिए।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग आबद्ध उनले यो विश्वकपमा ३ गोल गरिसकेका छन्।