रसिमा जारी २१औं संस्करणको फिफा विश्वकप २०१८ को नकआउट चरणको दोस्रो खेलमा उरूग्वेका लागि पहिलो गोल गरेका काभानीले दोस्रो गोल गर्दै फेरि उरूग्वेलाई अग्रता दिलाएका छन्।
पहिलो हाफमा ७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका काभानीले पोर्चुगलका लागि पेपेले गरेको बराबरी गोलमा फेरि गोल गर्दै अग्रता दिलाएका हुन्। उनले बराबरी गोल खाएको ७ मिनेटमा उक्त गोल फर्काएका हुन्।
उरूग्वेले खेलको ५५ औं मिनेटमा बराबरी गोल खाएको थियो।
