डिएगो मेरोडोनाले आफू बिरामी नभएको बताएका छन्। अर्जेन्टिनालाई सन् १९८६को विश्वकप जिताएका ५७ वर्षिय म्यारोडोनाले बुधबार इस्टाग्राम आफू ठिक रहेको र अस्पतालमा भर्ना पनि नभएको लेखेका छन्।
उनले मंगलबार राति नाइजेरियाविरूद्ध अर्जेन्टिनाको खेलको हाफ टाइमअघि आफ्नो घाँटी दुखेको उल्लेख गर्दै रक्तचाप पनि घटेको बताएका छन्।
‘त्यहीबेला डाक्टरले जाँचेर मलाई सेकेन्ड हाफभन्दा पहिले नै घर गए हुन्छ भनेका थिए। तर म गइनँ, हामी खतरामा थियौं। यस्तो बेलामा म कसरी जान सक्थें,’ म्यारोडोनाले लेखेका छन्।
यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नाइजेरियाविरूद्धको खेलको खुसीले म्यारोडोना बिरामी परेको र उनलाई अस्पताल भर्ना गरिएको समाचार सार्वजनिक गरेका थिए।